नुवाकोटको ददुप्चेश्वर प्रथम खुला दिसामुक्त गाउपालिका घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७४, शनिबार ०७:१२

नुवाकोट । नुवाकोट जिल्लाको सदरमुकाम बिदुर देखि बिदुर देखि ३५ किमि पुर्व तर्फको दुप्चेस्वर गाउपालिका जिल्लाकै पहिलो खुला मुक्त गाउँपालीका  घोषण भएको छ । दुप्चेश्वर गा.पा. को आयोजना समुन्द्रटार मा भब्य कार्यक्रम का साथ पुर्ब अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले खुला दिशा मुक्त गाउपालिका घोषण गर्नुभयो ।   उहाले भन्नुभयो काम गरेर देखाउनु पर्ने बेला आएको बताउदै दुप्चेस्वर महादेव मन्दिरलाई सुधार गरि पर्यटन भित्र्याउने र  त्यसको लागि आफूले के कस्ता पहल गर्नुपर्ने सम्बन्धित खाका तयार गर्ने बताउनुभयो ।

गाउपालिका अध्यक्ष योबिन्द्र सिह तामाङले उपस्थित गाउपालिका का जनता हरुलाइ खुला स्थान मा दिशा नगर्ने प्रतिबद्ध को सपथ गराउनु भएको थियो ।  नेपाल सरकारले सन २०१७ सम्म मा खुल्ला दिसामुक्त मुलुक बनाउने रास्टिय लक्ष्य लिय बमोजिम नुवाकोट जिल्लामा पहिलो पटक गाउपाली स्तरीय खुला दिशा मुक्त क्षेत्र घोषण गरिएको हो ।  यस अघि साबिक गाबिस मा भने खुला दिशा मुक्त घोषणा  भएका छ्न ।  साबिक ७ गाबिसको उत्त गाउपालिका मा ३० हजार जनसंख्या र ५ हजार ५ सय घरधुरी रहेकोे छ । उत्त गाउँ पालिका भित्र ४२५० सुरक्षित शौचालय निर्माण गरियको छ । उत्त गा पा मा सरसफाइ को क्षेत्रमा डिकोन नेपाल ,पुरजागर्ण समाजा नेपाल ,केसिडिसी,कार्डसन नेपाल लगायत ले काम गरेका थिय । कार्यक्रम गाउपालिका का अध्यक्ष योबिन्द्र सि तामाङ को अध्यक्षता मा भयको थियो ।उत्त कार्यक्रम मा प्रमुख अधिकारी जिल्ला जगदीश बराल जिल्ला समन्वय समिती का प्रमुख केसर बहादुर पन्डित , नेपाली कांग्रेस नेता रमेश महत , तादी गाउँ पालिका अध्यक्ष नारायण पान्डे , दुप्चेश्व्र गा पा उपाध्यक्ष अन्जु आचार्य ,रेडक्रस नुवाकोट उपसभापति निरन्जन आचार्य , तादी गाउँपालिका सदस्य सन्तमान तामाङ ,नेका जिल्ला सदस्य नरेश, तामाङ ,केसिडिसीका टक लामा ,डिकोन नेपाल का चोकराज साक्य काडसन का दिनेश रिमाल लगायत ले आफ्नो धारण राखनु भयको थियो ।  कार्यक्रममा कलाकार मदन थापा ले चेतना मुलुक गित सहित बिबिध सास्कृत कार्यक्रम गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१