कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ : पूर्व अर्थमन्त्री डा. महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७४, बुधबार ०५:२७

काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

डा. महतले कर फछ्र्यौट आयोग आफैमा संवैधानिक आयोग भएकाले सरकारले बाहेक अरू कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले अनुपयुक्त हो भन्न मिल्दैन ।”

कर फछ्र्यौट आयोगका पूर्व अध्यक्ष चण्डी श्रेष्ठले कर फछ्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको भन्दै आयोगले गरेका निर्णय उल्टाउन नमिल्ने बताउनुभयो । उहाँले करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राख्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१