एसएलसीको पुनर्योगमा १० प्रतिशत उत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७१, शनिबार ०६:४८

काठमाडौ, १७ साउन  । एसएलसीको नतिजा चित्त नबुझी पुर्नयोग गराउने झण्डै १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । परीक्षा नियन्त्रण कार्यालयले जेठ अन्तिममा सार्वजनिक गरेको नतिजाको चित्त नबुझ्ने १५ हजार १ सय ३० विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए । त्यसमध्ये १ हजार ४ सय १० जना अर्थात ९ दशमलब ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।images (3)

फेल भएर पुनर्योग गराउँदा ४ सय ९ जना पास भएको परीक्षा नियन्त्रक बिष्णु द्वारेले जानकारी दिए । यसमा ८ नम्बर पाएका विद्यार्थीले पुनर्योग गर्दा ८० ल्याएका छन । त्यस्तै, १२ नम्बर ल्याएका विद्यार्थीले ६२ अंक ल्याएका छन् ।

त्यस्तै, पास भएर पनि नम्बर चित्त नबुझेपछि पुनर्योग गराउँदा १ हजार १ जनाको नम्बर बढेर आएको छ । त्यसमा ४७ नम्बर आउनेको पुनर्योग गर्दा ९७ नम्बर समेत ल्याएका छन ।

तीन बिषयमा अनुत्तीर्ण विद्यार्थीले समेत पुनर्योगका लागि निवेदन दिएका थिए । अघिल्लो रिजल्टमा तीन बिषय लागेपनि पुनर्योगमा छानविन हुँदा १ सय १६ जनाले पुरक परीक्षामा सहभागी हुन पाउने भएका छन ।

पुनर्योगका लागि सबै भन्दा बढी गणितमा ३ हजार ८ सय १२ ले निवेदन दिएका थिए । त्यसमा ३ सय १ जना उत्तीर्ण भएका छन । अनिवार्य अंग्रेजीमा १ हजार ६ सय ८६ जनाले आवेदन दिएकोमा १ सय ८७ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया