अनौठा ब्यक्ति जो माकुराले झैँ अग्ला अग्ला गगनचुम्बी भवन सजिलै चढ्न सक्छन्, दृश्य देख्दा आंग नै सिरिगं हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७४, आईतवार १८:०७

एजेन्सी । ५४ वर्षको उमेरमा ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गर्न सफल भएका छन् । हालै उनले ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बन्दै विश्व किर्तिमानी राख्न सफल भएका हुन् ।

कुनै समय दुर्घटनामा परेर साहसिक कामहरु गर्न सुरु गरेका उनले रोर्बटले हात–खुट्टा र चकको धुलोको सहायताले स्पाइडरम्यानले झैँ गगनचुम्बी महललाई सजलै चढ्न सक्छन् । जुन दृश्यहरु देख्दा तपाईहामीलाई सिरिंग हुन्छ ।

उनले गोल्डेनगेट ब्रिज, आइफल टावर, सिड्नी ओपेरा हाउस, वील्स टावर, द सिटि टावर, एडिफिको इटालिया, पोर्टलयान्ड हाउस, सिंगापुर फ्लाएर र नेशनल बैंक अफ आबुधाबिसमेत चढेर ठूलो अनुभव हाँसिल गरिसकेको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१