चन्द्रागिरि केवुलकारको टेलिभिजन विज्ञापनको भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७४, बिहीबार ०६:२०

काठमाडौ८ असार।  चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठरहरिबंशआचार्यका साथसाथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय देखाइएको छ ।
उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेका हुन् ।

बालकलाकार अनुरोध अधिकारी,निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री आज चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोह का वीच चन्द्रा गिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेको हो ।

प्रवद्र्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रा गिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्याति प्राप्तचार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउँदा खुशी लागेको बताए ।

कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।
संचालक हेमराज ढकालले कुल ग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पु¥याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनिमहत्त्व पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे

प्रतिक्रिया