कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक उपत्यकाबाहिर पनि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार १४:३४

काठमाडौँ, १६ साउन  । तीन वर्षअघि काठमाडौँ उपत्यकाका क्याम्पसबाट प्रारम्भ भएको कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक (बिएस्सी–सिएसआइटी) मुुलुकका अन्य सहरमा पनि पढाइ हुन थालेको छ । IT-industry

हाल सो विषयमा स्नातक अध्यापन गराउने कलेजको सङ्ख्या ४५ पुगेको र अधिकांश सहरमा यो अध्ययनको सुविधा भइसकेको सिएसआइटी कलेज एसोसिएसन (सिकोन) का कार्यवाहक अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
उहाँले सो कोर्स ७० प्रतिशत कम्प्युटरमा आधारित हुने र उत्पादित जनशक्ति बजारमा सदुपयोग हुने जनाउनुभयो ।
सिकोनले बिहीबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा त्रिभुवन विश्वविद्यालयका सूचना प्रविधि सङ्कायका सहायक डिन सत्यनाराण शाहले नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढेको बताउनुभयो ।
यसैबीच सूचना प्रविधिमा सरकारले लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल एसिया सूचना प्रविधि समाज र ब्रस अप अनलाइनले संयुक्त रूपमा यहाँ आयोजना गरेको ‘शिक्षामा सूचना तथा प्रविधिको उपयोग’ विषयक अन्तरक्रियामा सरोकारवालाले सरकारले सूचनाको पहँुचलाई ग्रामीणस्तरसम्म पु¥याउन लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले एसएलसी परीक्षामा अङ्ग्रेजी र विज्ञान लगायतका विषयमा सबैभन्दा बढी अनुत्तीर्ण हुनुको एउटा कारण ग्रामीण क्षेत्रमा विद्यार्थीलाई नयाँ–नयाँ सूचना तथा प्रविधिबाट अध्ययन नगराइनु हो भन्नुभयो ।
नेपाल प्रहरी, सूचना तथा प्रविधि शाखाका प्रमुख महेशसिंह कठायतले निजी क्षेत्रमा सूचना प्रविधिको प्रयोग भए तापनि सरकारीस्तरमा यसको प्रयोगमा व्यापकता ल्याउन नसकिएको बताउनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१