मिडिया क्लवहरुद्वारा आपत्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार १४:३०

काठमाडौं,१६ साउन  ।
सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक बर्ष २०७०/ ७१ को अनुदान रकम
अन्ययपूर्ण, भेदभाव र पक्षपातपूर्ण ढंगले संञ्चार संस्थालाई वितरण गरेको
भन्दै घोर आपत्ति प्रकट गरेका छन् ।
विहीबार काठमाडौमा क्रियाशिल मिडिया क्लवहरुको संंयुक्त बैठकले सो निर्णय
गरेको हो । संचारमन्त्री मिनेन्द्र रिजालको तोकादेशमा सो रकम
पक्षपातपूर्ण ढंगबाट वितरण गरेको भन्दै ति मिडिया क्लबहरुले आपत्ति
जनाएका छन् ।
बैठकमा संवाद डबली, मिडिया इन्टरनेश्नल, संवाल क्वलम नेपाल, जनसंचार
अभियान, बोष्टर मिडिया क्लबको सहभागीता थियो ।1237106_1428222447403630_563551286_n
बैठकले अनुदान रकम समान रुपमा वितरण गरिनुपर्ने माग पनि गरेको छ । अनुदान
रकम अन्यन्तै न्यून रहेको भन्दै बृद्धि गर्न माग पनि गरेको छ । मिडिया
क्वलका समस्या समाधानको लागि संयुक्त र संस्थागत रुपमा पहल गर्ने निर्णय
पनि गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१