आर्थिक र विकासका एजेण्डालाई अघि बढाउने नेतृत्व आवश्यक : डा महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७४, शनिबार १५:२०

पाँचथर । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन सक्ने पार्टी भएकोले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन पाँचथरका जनतासँग आग्रह गर्नुभएको छ ।
पाँचथरको खुर्विसे पञ्चकन्यामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै नेता डा महतले दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँहरुमा कांगे्रसको पक्कड भएकोले बढी सिटमा जित्ने दावी पनि गर्नुभयो । उहाँले अवको राजनीति आर्थिक एजेण्डाको हुने र आर्थिक एजेण्डालाई अगाडि बढाउन सक्ने पार्टी कांग्रेसलाई जिताउन जनसमक्ष आग्रह गर्नुभयो । पार्टी कार्यकर्ताहरुले पनि आर्थिक एजेण्डा र विकासका एजेण्डाहरुलाई सशक्तरुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसले लिएको आर्थिक नीतिको बाटो सही भएको र अहिले गाउँ गाउँको विकास पनि कांग्रेसले लिएको आर्थिक नीतिका कारण संभव भएको दाबी गर्दै भन्नुभयो, उद्योगधन्दामा स्वदेशी तथा विदेशी निजीक्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गरियो, राजस्वमा ठूलो वृद्धि गरियो र सरकारको ढुकुटी बढेपछि नै गाउँ गाउँमा विकास निर्माण पु¥याउन सहज भयो ।
राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको परिवर्तनको अगुवाई कांग्रेसले गरेको चर्चा गर्दै उहाँले पार्टीले निर्वाह गरेको भूमिका र सबै परिवर्तनको नेतृत्व गरी जनतालाई हक अधिकार दिलाएको कुरा जनताको घरदैलोमा गएर भन्नुपर्ने उल्लेख गर्नुभयो । विगतमा आर्थिक विकासको परिवर्तनको अभियान चलाउने कांग्रेस भएकोले यस पार्टीलाई जनताले पहिलो प्राथमिकतामा चुन्ने र विकास निर्माणका कामको नेतृत्व सुम्पनुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसले लिएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको एजेण्डामा सबै दल उभिएको चर्चा गर्दै भन्नुभयो, कांग्रेसले लिएको सही बाटो हो । स्थानीय तहको जिम्मा पनि कांग्रेसलाई दिइयो भने मात्र मुलुकको समृद्धि संभव छ ।
सभामा उहाँले राँके, रवि र भेडेटार सडक तथा मध्यपहाडी सडक कांग्रेसको पालामा शुरु गरिएको प्रसंग उल्लेख गर्नुभएको थियो ।
सो कार्यक्रममा केन्द्रीय सदस्य भूविक्रम नेम्वाङ, जिल्ला सभापति नरेन्द्र केरुङ लगायतका स्थानीय नेताले सम्वोधन गर्नुभएको थियो ।
डा महत शुक्रबार झापाको मेचीनगर नगरपालिकाको चुनावी सभालाई सम्वोधन गरी पाँचथर पुग्नुभएको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१