कन्डोमबाट बनेको ड्रेस लगाउने होईन त ? (फोटो फिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ११:४७

तपाईले कयौ प्रकारका डिजाइनका पहिरन देख्नु भएको होला, तर यो ड्रेस देखेर तपाई आफै आश्चर्यमा पर्नुहुनेछ । किनभने यो कण्डोमबाट बनाइएको पहिरन हो ।

एउटा सुरक्षित सेक्ससम्बन्धी अभियान चलाउने समूहले कण्डोमको यो पहिरन डिजाइन गरेको हो । यो पहिरन ४३ वर्षीया ब्राजिलियन ड्रेस डिजाइनर एड्रियाना बर्टिनीले गरेकी हुन् । एड्रियानाको यो डे«समा मोडल्सले रैम्पमा वाक पनि गरेका छन् ।
 एड्रियाना एचआइभी एड्सबाट मानिसहरुलाई बचाउन अभियानका लागि यो ड्रेस डिजाइन गरेकी हुन् । एड्रियानाले कयौ रंगका पहिरन बनाएकी छन् । एड्रियाना र उनको टिमले कन्डोम प्रयोग गरेर कन्डोम गहना पनि बनाएका छन् ।
एड्रियानाले डेली मेललाई बताएअनुसार उनी पहिरन र गहना बनाउन मिति गुज्रेका कण्डोम प्रयोग गर्छिन् । उनले बनाएका कयौ पहिरन अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन पनि भइसकेको छ। उनका अनुसार एउटा पहिरन तयार गर्न करिब १ हजार कन्डोम प्रयोग हुने गरेको छ। कण्डोम ड्रेस बनाउनकालािग एड्रियाना र उनको टिम नयाँ नयाँ प्रविधिको प्रयोग गर्दछन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१