हामी लगानी गर्छौँ, वातावरण बनाइदिनोस् : शेष घले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७४, सोमबार २०:३९

काठमाडौं,२९ जेठ । काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौंको समृद्धिका लागि लगानी गर्नुपर्ने भन्दै गैर आवासीय नेपालीको ध्यानाकर्षण गराएका छन्।

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेसँग भएको भेटवार्ताका क्रममा शाक्यले राजधानीमै पनि लगानीका धेरै क्षेत्रहरु रहेको उल्लेख गरे।

राजधानी काठमाडौंको व्यवस्थापनका लागि व्यवसायिक सहभागिता मात्र नभई सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिने शाक्यले बताए।

‘काठमाडौंमा सम्पन्नता मात्र छ, यहाँ हुने मान्छे मात्र छन् भनेर सोच्नु हुँदैन, सहरभित्रै पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रुपमा उत्थान गर्नु पर्ने मानिस छन्’ शाक्यले भने।

घलेले भने उचित वातावरण बनाइनुपर्नेमा जोड दिएका थिए। ‘स्वदेशमै केही गर्छु भन्नेलाई पनि उचित वातावरण नबनेको भन्दै उनले सही नीति बनाएर अघि बढ्न शाक्यलाई आग्रह गरे। ‘अब काठमाडौंलाई राजधानीको रुपमा हेर्नलायक शहर बनाउन पहल हुने छ भन्ने आशा छ’ घलेको भनाई थियो।

फरेन डाइरेक्ट इन्भेष्ट एफडिआई अन्तर्गत आफूले काठमाडौंको समृद्धिका देखिने काम गरिरहेको बताउँदै घलेले थपे ‘ठूला परियोजना सञ्चालन गर्नेकालागि छुट्टै नीतिगत व्यवस्था गरिदिनु पर्छ, लागत, सहभागिता, गुणस्तरलगायतका पक्षबाट साना लगानीका परियोजना र ठूला लगानीका परियोजना छुट्टै हुन्।’

भेटका क्रममा प्रमुख शाक्य र अध्यक्ष घलेवीच करीव ४५ मिनेट सहरी सुविधा तथा सहरी व्यवस्थापनका सम्भावित लगानीका विषयका कुरा भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१