छिमेकीलाई दुःख दिने समाजसेवि, जसले ६ बर्षदेखि घरभाडा कर तिरेका छैनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७४, शनिबार १९:३९

काठमाण्डौं ।  बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ का एक समाजसेविले छिमेकीलाई अनाआवस्यक दुःख दिने गरेको पाइएको छ । वासवारीका समाजसेवि राजेन्द्र खड्काले छिमेकीलाई सानो सानो कुरालाई लिएर दुख दिइरहेका छन् ।
समाजसेवा गरेर हिड्ने गरेको बताउने उनको आर्थीक उपार्जनको पेशा के हो कसैलाई थाह छैन् तर उनले वासवारीमा भव्य महल ठड्याएका छन् । छिमेकीले गरेको प्रगति देखि सहन नसक्ने खड्काले हरेक वाहाना बनाएर उजुर वाजुर गरेर छिमेकीलाई दुख दिने गरेको एक छिमेकीले बताए ।
विगत ६ बर्ष देखि त्यहाँ बस्दै आएका खड्काले दर्जनौँ स्थानियलाई दुःख दिएको बताइएको छ । रमाइलो कुरा त केछ भने उनको घर भुकम्पले छियाछिया भएर वस्न अयोग्य थियो । पावर र पैँसाको बलमा टालटुल गरेर त्यो घर भाडामा दिदैँ आएका छन् । स्थानियका अनुसार उनको त्यो घरको १२ ओटा जति कोठा भाडामा गएका छन ।
१२ ओटा कोठा माडामा दिएका खड्काले सरकारलाई विगत ६ बर्ष देखि एक सुक्को पनि कर तिरेका छैनन् । उनले महिनाको १२ हजार घरवहाल कर छलिरहेका छ । सरकारलाई तिर्नपर्ने लाखौँ कर छलि गर्दै हिड्ने खड्का समाज सेवाको प्रचार गर्दै छिमेकीलाई दुःख दिइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१