सामाजिक विकृतिहरुको चित्रण गदै जिवन्त नाटक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०९:००

गणेश विष्ट

DSC01137
भोजपुर ,१६ साउन । समाजमा रहेका विकृती र शैक्षिक बेरोजगारी उजागर गदैै नाटक जिवन्त कथाहरु प्रस्तुत गरीएको छ ।
सामाजिक बिकृती र बिसंगतीले समाजमा पारेको असरको बारेमा आज भोजपुरमा नटक मार्फत प्रस्तुत गरिएको छ । नेपालमा रहेको शैक्षिक बेरोजगार, गरीवी र यसले समाजमा पारेको असरको बारेमा नाटक मार्फत प्रस्तुत गरिएको थियो । कला र सस्कृतिको जर्गेणा गर्ने उदेश्यका साथ नेपाल राष्ट्रिय नाट्य कर्मी संघ तदर्थ समिति भोजपुरले विहिवार नाटक जिवन्त कथाहरु प्रस्तुत गरेको हो । राष्ट्रिय नाट्य कर्मी संघका केन्दिय महासचिव जिवन थापाको लेखन तथा निर्देेशनका तयार गरिएको नाटकमा स्थानिय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । सम सामहिक कुराहरुलाई समेटेर तयार गरिएको नाटकमा हाल समाजमा विद्यमान रहेको विभिन्न विकृतिहरुको चित्रण गरिएको थियो । पछिल्लो समयमा रङ्गमन्चिय नाटक गाउ देखि जिल्ला सम्म देख्न नपाईरहेको अवस्थामा भोजपुरमा रङ्गमन्च नाटक शुरुभएको हो । नेपाल नाट्यकर्मी संघ भोजपुर ले शुरु गरेको नाटक प्रदर्शनले राम्रो दर्शक र प्रशसां पाएपछि रङ्गमन्चिय नाटक ले निरन्तरता पाउने देखिएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१