काठमाडौँ । चुडामणि शर्मा अर्थात लोक सेवाका गुरु । उहाँलाई यो उपनाम दिँदा अन्याय हुँदैन । लोक सेवा आयोगको परिक्षामा एकैपटक सात ठाउँबाट नाम निकालेर सुरुवातमै चर्चाको शिखरमा पुग्नुभएका शर्मा उचाई निरन्तर बढिनै रहेको छ । आज चुडामणि शर्मा नाम नभएको लोक सेवा प्रतियोगिताका पुस्तक सायद कमै छन् । हुनपनि हो शर्माको नाम मात्रै झुण्ड्याइएन भने किताब नै बिक्दैन । हाल आन्तरिक राजश्व विभागका महानिर्देशक शर्माले लोक सेवा र राष्ट्रसेवक सरकारी कर्मचारीको बरियतामा कहिलै पछि फर्केर हुर्नु परेन । सुरुमा जुन परिक्षा दियो, नाम निस्किहाल्थ्यो त्यो पनि टप सूचीमा नै नाम अटाउन सफल हुनुहुन्थ्यो ।
लोक सेवा आयोग अन्र्तगतका प्रतियोगिताका विद्यार्थीमा प्रख्याति कमाउनुभएका शर्माले दश दर्जन भन्दा बढी पुस्तक छपाई सक्नुभएको छ । जति व्यस्त समय भएपनि चलेका अधिकांश इन्ष्टिच्युटमा लोक सेवा तयारी कक्षामा पढाउन पनि उहाँले भ्याउनुनै भएको छ । २०२६ सालमा स्याङ्जाको जन्मिनुभएका शर्माले २०४३ सालमा एसएलसी उत्र्तीण गरेपछि पृथ्वीनारायण क्याम्पस पोखरा पढ्दै गर्दा मात्र लोक सेवा भन्ने शब्द सुन्नुभएको थियो ।
आईकम दोस्रो बर्ष पढ्दै गर्दा सह–लेखापालको परिक्षा दिनुभएका शर्माले १४ सय परिक्षार्थीलाई उछिन्दै २०४५ सालमा सह–लेखापाल पदबाट आफ्नो सरकारी सेवाको जीवन सुरुवात गर्नुभयो । बीचमा उहाँले सह–लेखापालबाट राजिनामा दिएर फेरी लोकसेवाकै तयारी गर्नुभयो । २०५० सालमा दिएको शाखा अधिकृतको नतिजा २०५१ सालमा आयो । ४९ जना शाखा अधिकृत माग भएकोमा शर्माको नाम चौथो नम्बरमा निस्कियो । त्यसपछि कास्की, ओखलढ्ुंगा लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्नुभयो । २०५८ सालमा भएको भएको उप–सचिवको प्रतियोगितामा पनि सफल शर्माले अर्थ मन्त्रालय हुँदै राजश्वको उप–सचिव लगायतका निकायमा अब्बल दर्जाको भूमिका निर्वाह गर्नुभयो । त्यसपछिपनि उहाँको सफलता यतिमै मात्र सिमित भएन ।
२०६४ सालको सह–सचिवको प्रतियोगितामा पहिलो नम्बरमानै उहाँको नाम निस्कियो । सह–सचिव भएपछि सामान्य प्रशासन मन्त्रालय, अर्थ, महालेखा नियन्त्रणको कार्यालय, गृह मन्त्रालयका साथै सुनसरी ललितपुर र काठमाडौको प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा गरिसक्नुभएको छ । गृह मन्त्रालयकै सह–सचिव हुँदै सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक र हाल आन्तरिक राजश्व विभागमा महानिर्देशक पदमा सेवा गरिरहनुभएको छ ।
महानिर्देशक पदमा बहाली भएसँगै शर्माले विभाग अन्र्तगतका कर्मचारीहरुलाई सांगठनिक सफलताका लागि कर्मचारीहरुको वैज्ञानिक मगज र आध्यात्मिक हृदय प्रयोग गर्न निर्देशन दिँदै आउनुभएको छ । कानुनको विवेकशील प्रयोग गर्न कर्मचारीहरुलाई जोड दिने गर्नुहुन्छ । कर्मचारीलाई सकारात्मक सोच राख्न निर्देशन दिदै सदैव मैत्रीपूर्ण व्यवहार गर्न शर्माको आग्रह रहन्छ । अरुबाट सम्मान चाहने हो भने अरुलाई पनि सम्मान गर्न जान्नुपर्ने बताउदै उहाँले भन्नुभयो, ‘सेवाग्राहीप्रति सम्मान गरे मात्र हामीले पनि सम्मान पाउँछौं ।’ अहिलेको समय सूचना प्रविधिको युग भएकाले त्यसको समुचित प्रयोग गर्नुपर्नेमा पनि उहाँको जोड छ । राष्ट्र सेवकको आचरण सुर्धान उहाँसँग एविसिडिइुको फर्मुला छ ।
सकारात्मक दृष्टिकोण (एटिट्युड पोजेटिभ), मैत्रीपूर्ण व्यवहार (विहेभियर फ्रेण्डलि), कानुन–ऐन नियमको परिपालना (कम्प्लायन्स), समयानुसार आफूलाई गतिशिल तुल्याउंदै रुपान्तरित गर्ने (डाइनामिजम्) र सदैव सदाचारिता (इथिक्स) एविसिडिइ उहाँको फर्मुला हो ।
प्रतिक्रिया