बाराक ओबामालाई मुद्धा चलाउने प्रस्ताव अमेरिकी सदनबाट पारित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०७:२९

न्युयोर्क, अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मुद्धा चलाउने प्रस्ताव अमेरिकी सदनबाट पारित भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेटेन्टीभले ओबामालाई आफ्नो कानुनी अधिकार नाघेको भन्दै मुद्धा चलाउने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्तावको पक्षमा २२५ र बिपक्षमा २०१ मत परेको थियो । तल्लो सदनबाट प्रस्ताव पारित भए पछि वकिलहरु ओबामालाई मुद्धा दायर गर्न कागजी प्रकृया तयार पार्न लागेको समाचारहरुमा जनाइएको छ । 10501863_1513873198848984_2296318161984549822_nराष्ट्रपति ओबामाले स्वास्थ्य सेवा सम्बन्धी सुधार गर्ने कानुनमा समय बढाएर कानुनी अधिकारको दुरुपयोग गरेको बिपक्षीहरुको आरोप रहेको छ । राष्ट्रपति ओबामाले यसलाई समयको बर्बाद गर्ने राजनीतिक तमाशा भएको बताउनुभएको छ । रिपब्लिकन सांसदहरुले राष्ट्रपति ओबामाले धेरै पटक बिषेश आदेश जारी गरेर कांग्रेसको अधिकारमा अतिक्रमण गरेको आरोप लगाएका छन् । एक अध्यनका अनुसार ओबामाले आफ्नो ६ बर्षे कार्यकालमा जम्मा १८३ वटा बिषेश आदेश जारी गरेका छन् तर उनका पूर्ववर्ती राष्ट्रपति जर्ज डब्लु बुसले आठ बर्षमा २९१ वटा र रोनाल्ड रेगनले ३८१ वटा बिषेश आदेश जारी गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१