तिते करेलाले जोगाउँछ क्यान्सर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०७:१२

काठमाडौँ ,१६ साउन  । तिते करेला कत्तिको खाने गर्नुभएको छ ? कतै तितो भयो भनेर नखाने गर्नुभएको त छैन ? यदि त्यसो हो भने अब नियमित रुपमा तिते करेला खानुहोस् । तिते करेलाको तरकारी तथा अचार मात्र होइन नियमित रुपमा तिते करेलाको जुस समेत खाने गर्नुहोस् ।
किनकी तिते करेलाले क्यान्सरबाट जोगाउने तथ्य पत्ता लागेको छ । भएको तत्वले खासगरी प्यांक्रियाजका क्यान्सरजन्य कोषलाई नष्ट गर्ने पछिल्लो अनुसन्धानले देखाएको छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार तिते करेलाको जुसको नियमित सेवनले प्यांक्रियाजमा विशेष इन्जाइमलाई उत्प्रेरित गरी क्यान्सर कोषलाई ग्लुकोज शोषण गर्न असमर्थ बनाउँछ जसका कारण ती कोषमा उर्जा अभाव हुन्छ र कोष मर्छन् । तिते करेला मधुमेहका रोगीका लागि अत्युत्तम भोजन भएको कुरा त हामी सबैलाई थाहा छ । मधुमेहले प्यांक्रियाजको क्यान्सरलाई झनै बढावा दिन्छ । यदि हामीले नियमित रुपमा तिते करेलाको सेवन गर्ने हो भने मधुमेहका साथै क्यान्सरको जोखिम पनि कम हुने शोधकर्ताको भनाइ छ । तिते करेलामा क्यान्सर प्रतिरोधी गुण रहेको पछिल्लो खोजले क्यान्सर रोगको उपचारमा नयाँ आयाम थप्ने विश्वास शोधकर्ताहरुको रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१