काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावपछि पनि सोचे अनुरुप बैंकहरुको निक्षेप नबढेपछि बैंकहरु भित्रभित्रै निक्षेपको व्याज दर बढाउन थालिरहेका छन् । राष्ट्र बैंककै पुर्व अधिकारीलाई व्याज दर बढाउन लागेको भन्दै एक पुरानो बैंकले पैसा राख्न आग्रह गर्दै फोन गरेपछि बैंकहरु भित्रभित्रै व्याज दर बढाउन लागिरहेको खुलेको हो ।
हालै मर्जर गरेर ५ अर्ब बढि चुक्ता पुँजी पुर्याएको र दुई दशकदेखि सञ्चालनमा रहेको सो बैंकले उनको व्यक्तिगत बचतको लागि नै पनि १२.५ प्रतिशत ब्याज दर दिने गरि प्रस्ताव गरेको हो ।
तर, यो प्रस्ताव नयाँ नभएको बैंकर्स एशोसिएशनकै अध्यक्ष अनिल केशरी शाह बताउछन् । ‘संस्थागत निक्षेपलाई १३र१४ प्रतिशत दिन थालेको निकै भयो, व्यक्तिगत निक्षेपकर्तालाई पनि केही संस्थाहरुले १२ प्रतिशत माथी व्याज दिइरहेका छन्,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले भने ।
सरकारको खर्च नबढेको र राष्ट्र बैंकले दिएको नीतिगत सहुलियत सकिन लागेकोले पनि व्याज दर बढाउनुको विकल्प नभएको उनले बताए । ‘व्याज दर बढेको संघले थाहा नपाएको होइन तर अवस्था यति जटिल छ कि हामी सकभर यो दर नबढाउने प्रयासमा छौं,’ शाहले स्पष्ट पारे । यसअघि १२ प्रतिशतभन्दा बढि व्याज दर नदिने सहमति नै गरेका बैंंकहरुले अहिले भने त्यस्तो सहमति नगरिएकोे समेत बताउन थालेका छन् ।
उत्पादनुमलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत रकम कोर पुँजी निक्षेपको कुलको तुलनामा कर्जा प्रवाह अनुपात ९सीसीडी रेसीयो० गणना गर्न नपर्ने गरि राष्ट्र बैंकले दिएको सहुलियत २०७४ असारमसान्तमा सकिदैछ । यही कारण पनि यसअघि ७५र७६ अर्ब रकम चलाउन पाएका बैंकहरुलाई सीसीडी रेसियो कायम गर्न नै समस्या पर्ने भएको छ । बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशत कायम गर्नुपर्छ ।
बैशाख २९ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १९ खर्ब ५५ अर्ब र कर्जा लगानी १६ खर्ब ६५ अर्ब रहेको थियो । निक्षेप र कर्जाको मात्र अनुपात ९सीडी रेसियो० भने ८५।१५ प्रतिशत रहेको छ । यसलाई सीसीडी रेसियोको आधारमा गणना गर्ने हो भने यो दर पनि ८० प्रतिशत नाघ्न सक्ने देखिएको छ ।
सोचे अनुसार निक्षेप नबढ्दा र सहुलियत पाएको समयावधि नजिकिदा बैंकहरुलाई व्याज दर वृद्धिमा दबाब परेको हो । हुनतः बैंकहरुमा हाल ४९ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले बताएपनि केही बैंकहरुमा पुँजी अभाव देखिन थालेपछि बैंक तथा वित्तीय संस्थाबीच चल्ने सापटी ९अन्तर बैंक कारोबार०को व्याजदर समेत क्रमिक रुपमा उकालो लागेको छ ।
राष्ट्र बैंकका अनुसार गत बुधबार अन्तर बैंक व्याजदर ४।०७ प्रतिशत पुगेको छ । १९ दिन अघिसम्म यो दर २ प्रतिशत मुनि रहेको थियो । यता, सरकारको खर्च समेत नबढ्दा बैशाख मध्यसम्ममा राष्ट्र बैंकमा सरकारको लगभग २ खर्ब ५५ अर्ब रुपैयाँ रकम त्यतिकै थन्किएको छ ।
प्रतिक्रिया