समाज कल्याण गतिविधि नेपालद्वारा ५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७४, शनिबार १८:२४

काठमाडौँ,१३ जेठ । सिन्धुपाल्चोकको ग्रामिण भेगमा रहेको सिपातिनघरे स्कुलका ५ जना विद्यार्थीहरुको लागि १ बर्षसम्म पुग्ने  सम्पूर्ण शैक्षिक सामग्री  समाज कल्याण गतिविधि नेपालले  वितरण गरेको छ  ।    आज नयाँ बानेश्वरस्थित सनलाईट फुर्टमा आयोजीत एक कार्यक्रमको बिच प्रमुख अतिथि रहेका राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष तथा बरिष्ठ पत्रकार मुकुन्द  ढुंगानाले विद्यार्थीहरुलाई  हस्तान्तरण गरेका थिए ।

समाज सेवामा युवा शक्ति भन्ने नाराका साथ अगाडी बढेको समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महतारा ,पधादिकारी लगाएत सल्लाकारहरु सहित १०० जना भन्दा बढीको उपस्थितिमा स्टेशनरीका सामान वितरण गरिएको थियो । हरेक बर्ष यी ५ जना विद्यार्थीको लागि सस्थाले शैक्षिक सामग्री उपलब्ध गराउने छ  ।

सस्थाका सल्लाकार समेत रहनुभएकि बरिष्ठ समाजसेवी सकिला पाठकले अब  युवाहरुले देशको मुहार फेर्नको लागि एक जुट भएर अगाडी बढ्नु पर्ने बताउदै आफुले समाज सेवामा निरन्तर सहयोग गर्ने समेत प्रतिबद्धता  व्यक्त गरिन ।

प्रमुख अथिति मुकुन्द ढुंगानाले बोल्दै आजको युग भनेको २१ औँ सताब्दीको हो। जहाँ चेतनशील अनि सम्बृद्ध समाजको कल्पना गरिएको हुन्छ। त्यो समाज निर्माणको लागि हामीहरु सबै मिलेर हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प छैन। आजको दिनहरुमा हामीले लिने हरेक निर्णयहरु बिबेकशील हुनु आबश्यक छ। हामीहरुले बिरोध गर्नुपर्ने कुराहरुलाई पनि भद्र तरिकाले आफ्नो बिबेकको सहि प्रयोग  गरेर गर्नुपर्छ। ढुंगानाले  भन्नुभयो  युवाहरुको अस्तित्व अनि बदलिदो परिवेशलाई बुझ्नु पनि तेत्तिकै जरुरि छ। आफुले बटुलेको अनुभबहरु बाडेर युबाहरुलाई सहि बाटो देखाउनु पर्ने दायित्व पनि अग्रजहरुकै हो। भनिन्छ राम्रो कुराको सुरुवात कहिले पनि ढिला हुँदैन। त्यसैले हामी सबै निस्पक्ष भएर स्वच्छ मनले समाज सेवामा लाग्ने हो भने अझै पनि ढिला भएको छैन। युवाहरु पनि धेरै उग्र रुपमा प्रस्तुत नभई अनुसाशित भएर अग्रजहरुलाई सम्मान गर्ने र अग्रजहरुले पनि युबाहरुको अस्तित्वलाई स्वीकार गर्ने हो भने समाज निर्माणमा एउटा उर्जाशील शक्ति निर्माण हुनेछ। अनि बल्ल त्यो शक्तिले संघ-सस्था,समाज र देशको उज्जल भबिश्य निर्माण गर्ने छ।

सस्थाका अध्यक्ष समेत रहेका गणेश महतराले सस्थाको बारेमा खुलेरै बोल्नुभयो । ‘युवा’ सायद ‘युग’बाहक शक्ति भएकोले ‘युवा’ भनिएको हुनुपर्छ। देश बिकाशको मेरुदण्ड भनेको चेतनशील, लगनशील अनि गतिशील युबाहरु हुन। चेतनशील भन्नाले म यहाँ त्यस्तो चेतनाको कुरा गरिराखेको छु जसले आफ्नो समाज अनि परिबेसलाई बुझ्न सकोश, आफ्नो माटोलाई चिन्न सकोश र सहि बाटो पहिल्यायर हिड्न र हिडाउन सकोश। लगनशील युवा भन्नाले म त्यस्तो युवाको कुरा गरिराखेको छु जो आफ्नो लागि मात्र सोचेर काम गर्दैन। उसले आफ्नो मानब चेतनाको सहि प्रयोग गरेर समाज अनि राष्ट्रको बारेमा सोचेर सहि र गलत छुट्याएर काम गरोस। उसले यस्तो लगन गरोस जुन सहि मार्गमा होश अनि निरन्तर गरिराखोस। अनि त्यो युवा यस्तो होस् जसले समयलाई बुझेर आफुलाई हरपल गतिशील बनाईराखोस। के हामी युवाहरुले यो सबै गर्न सकिराखेका छौ त ? भन्ने प्रश्न समेत युवाहरुमाझ राखेका थिए ।

समाज कल्याण गतिविधि नेपालले यस बर्ष १० देशमा आफ्नो शाखा बिस्तार समेत गर्ने बताएको छ।  यस अघि जापान र लण्डनमा शाखा खोलिसकेको छ ।

p

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१