अमेरिकी मोडल जस्तै हट चिनियाँ कादर्सिनको तस्विरको विश्वभर चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७४, शुक्रबार १५:३३

एजेन्सी । दक्षिणी चीनको फोसन सहरमा बस्ने २२ वर्षीया लिन सिसी अचेल इन्टरनेटमा छाएकी छिन् । फिगर तथा हाउभाउ अमेरिकी मोडल, अभिनेत्री तथा रियालिटी टिभी स्टार किम कादर्सिनसँग मिल्दोजुल्दो भएकाले उनलाई चिनियाँ सोसल साइटहरूमा चिनी कादर्सिनसमेत भन्ने गरिएको छ ।
चिनियाँ सोेसियल मिडिया वेइवोमा सिसीले छिनछिनमा आफ्ना तालतालका फोटा पोस्ट गर्छिन् । ती फोटामा उनी ठ्याक्कै कादर्सिन लाग्छिन् । उनको हरेक फोटाले हजारौँ लाइक र कमेन्ट पाउने गर्दछन् । ती फोटोमा सबैले किम कादर्सिन भनेर कमेन्ट गर्छन् । आफूलाई कादर्सिन भनेर कमेन्ट गर्नेलाई उनी थ्याङ्क्यु भनेर रिप्लाइ गर्ने गर्छिन् । नयाँ पत्रिकाले छापेको छ ।

सिसीले निकै मिहिनेत गरेर कादर्सिनको जस्तो फिगर बनाएकी हुन् । उनले निरन्तर तीन वर्ष कादर्सिनका फोटा हेर्दै अभ्यास गरेकी हुन् । पहिला उनी निकै दुब्ली थिइन् रे । एकदिन उनले कुनै पनि हालतमा आफ्नो फिगर कादर्सिनको जस्तो बनाउने निश्चय गरिन् । त्यो मिहिनेतको परिणाम अहिले आफूले पाइरहेको उनले सोसियल मिडियामा व्यक्त गर्ने गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१