पिलोको प्रहार र यसको स्याहार तथा रोकथाम-सम्झना शाक्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७४, शुक्रबार १४:५८

गर्मीको मौसमसँगै छालाका विभिन्न समस्याहरू देखिने गर्दछन् । तीमध्ये पिलो पनि एक हो । पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ । यो असाध्यै दुख्ने र अप्ठ्यारो पार्ने खालको हुन्छ । हुन त छालाको रोग खटिराहरूलाई सामान्य रूपमा लिइन्छ तर पिलो छालाको रोगहरूमध्ये पनि असाध्यै अप्ठ्यारो हुने हुनाले यसको सामाजिक रूपमा चर्चा भएको पाइन्छ । पिलो जसलाई आएको छ उसलाई असाध्यै दुख्ने भए पनि पिलोलाई कहिलेकाहीँ ठट्टाको रूपमा पनि हेरिन्छ । किनभने पहिलो कुरा त यो निक्कै अप्ठ्यारो ठाउँमा आउँछ । जस्तो कसैको नाकैमा, कसैको ढाडमा, कसैको घाँटीको पछिल्लो भागमा, कसैको काखीमा त कसैको गुप्ताङ्ग वा सोको वरिपरि पिलो आएको पाइन्छ । त्यसैगरी अर्को कुरा केही समय अगाडिसम्म पनि पिलो निचोर्नका लागि परिवार वा टोलमा एक दुईजना नामै चलेका मानिसहरू पनि हुने गर्दथे । सामान्यतया पिलो हेर्दाखेरि डरलाग्दो, पीप भरिएको, रातो, तातो, ठूलो हुने गर्दछ । यसैले यसलाई निचोर्दा रगत र पीप लतपल भई आउने हुँदा निचोर्ने मानिस निडर र धैर्य हुनु जरुरी हुन्थ्यो । त्यसैगरी निचोर्दा बिरामीलाई असह्य पीडा हुने हुँदा कति बिरामीहरू रुने, कराउने, बोल्नै नसक्ने, चार(पाँचजना मानिसले समातेर राख्नुपर्नेजस्ता कुराहरू सुन्न देख्न पाइन्छ । जे होस्, परम्परागत ढङ्गले जे(जसो गरेर पिलोको उपचार गरी आए पनि आजको युगमा वैज्ञानिक ढङ्गले कुनै पनि रोगको उपचार गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ । आजको यस अङ्कमा हामी पिलो, यसको कारण, उपचार तथा रोकथामका बारेमा छलफल गर्नेछौँ ।
पिलो के हो रु
हाम्रो छालामा भएका रौंको जरा वा तेल ग्रन्थीमा कतबउजथयिअयअअगक बगचभगक भन्ने ब्याक्टेरियाले गर्ने सङ्क्रमणका कारण पिलो आउने गर्दछ । यो हेर्दाखेरि ठूलो खटिराजस्तो हुन्छ । खटिराको मध्यभागमा मुख हुन्छ । त्यसको वरिपरि पीप जमेको देख्न सकिन्छ । यो रातो, तातो र असाध्यै दुख्ने हुन्छ । कुनै(कुनै पिलोमा एकभन्दा बढी मुख हुन्छन् । त्यसको कारण एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो । विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आएको पाइन्छ । पिलो साधारणतया किशोर(किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ । बालबालिकाहरूमा पिलो आएको त्यति सुनिँदैन । कसैकसैलाई बारम्बार पनि पिलो आउने गर्दछ ।
किन आउँछ पिलो रु
पिलो यही कारणले आउँछ भनी ठ्याक्कै भन्न सकिँदैन । सामान्यतया मानिसहरूलाई सरसफाइमा ध्यान दिन नसकेको, कामको धपेडी धेरै भएको र खानपानमा ध्यान दिन नसकेको अवस्थामा पिलो आउने गर्दछ । तर, यससँग सम्बन्धित केही कुराहरूलाई याद गर्नुपर्छ । मुख्यतया सरसफाइमा ध्यान दिन नसकेको खण्डमा पिलो आउन सक्दछ । किशोरकिशोरीहरूमा हर्मोनको प्रभावले गर्दा छालामा रहेका तैलीय ग्रन्थीहरूबाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर हुने हुनाले पनि सो उमेर समूहका व्यक्तिहरूमा यो समस्या देखिन सक्दछ । कहिलेकाहीँ केमिकलयुक्त पदार्थहरू जस्तो कस्मेटिकहरू आदिको कारणले गर्दा पनि पिलो आउन सक्दछ । साथै मधुमेह भएका बिरामीहरूलाई पनि पिलो आउने सम्भावना धेरै हुन्छ । त्यतिमात्र होइन शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थाहरू जस्तै एड्स, क्यान्सरजस्ता रोगहरू र स्टेरोइड भएका औषधिको प्रयोग भइरहेको अवस्थामा पनि पिलो आउन सक्छ । त्यस्तैगरी अत्यधिक मध्यपान गर्ने व्यक्तिहरू र लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूमा पनि पिलो आउने सम्भावना धेरै हुन्छ ।
पिलोको स्याहार
सुरुमा पिलो आउँदा रौंका जरावरिपरि सुन्निएको जस्तो देखिन्छ । यो दुख्ने गर्दछ । विस्तारै यो ठूलो हुन्छ, पाक्छ र पीप निस्किन्छ । पिलो आएदेखि पूरै निको हुन लगभग दुई हप्ताजस्तो लाग्दछ । पिलोलाई हातले छुनुभन्दा अगाडि र छोइसकेपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ । जथाभावी पिलो निचोर्नु हुँदैन । पिलोलाई तातोपानीले सेकाउँदा यो छिटो पाक्छ र पीप निस्किन्छ । पानीले सेकाउनका लागि तातो पानीमा नरम तथा सफा सिरकको खोलजस्तो कपडा चोपेर, निचोरेर पिलो आएको ठाँउमा सहन सक्ने तापक्रममा सेकाउनुपर्छ । यो प्रक्रिया दिनमा सात(आठपटकसम्म गर्नुपर्छ । यसरी प्रयोग गरेका कपडाहरूलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ । पिलो राम्ररी पाकेपछि आफैं पीप बग्दछ । पिलोलाई जबर्जस्ती निचोर्दा यसवरिपरिको छालामा चोट पुग्न गई सङ्क्रमण, शरीरको अन्य भागमा सर्ने तथा रगतमा जाने खतरा हुन सक्दछ । नाक तथा मुखवरिपरिको पिलो त अझ कहिले पनि निचोर्नुहुँदैन । यस ठाउँमा आएका पिलोबाट सङ्क्रमण सरेर मस्तिष्कमा समेत सङ्क्रमण हुने खतरा हुन्छ । पीप बगेको खण्डमा सफा कपडाले सोसेर लिनुपर्छ । पिलो आउँदा साबुन लगाएर नुहाउनुहुन्छ । अझ किटाणुनाशक औषधि भएका साबुनले नुहाउँदा राम्रो हुन्छ । पिलोमा जथाभावी झारपात जडीबुटीहरू राख्नुहुँदैन । बिरामीको साबुन, रुमाल, लुगा, ओछ्यान कपडा, कस्मेटिक सामानहरू अरूहरूले चलाउनु हुँदैन । खानेकुरामा भिटामिन एयुक्त खानेकुराहरू जस्तै मेवा, फर्सी, सागपातजस्ता खानेकुराहरू प्रशस्त खानुपर्छ । चिल्लो तथा मसलादार खानेकुराहरू कम खानुपर्छ ।
पिलोको औषधोपचार
सामान्यतया मानिसहरू पिलोका लागि चिकित्सककोमा जचाउन जाँदैनन् । तर, छालाको रोग विशेषज्ञसँग परामर्श गर्दा यो रोग चाँडै निको हुने र बिरामीलाई पनि सास्ती कम हुने गर्दछ । पिलो आएका बिरामीहरूलाई एन्टिबायोटिक औषधि दिने गरिन्छ । जुन ७ देखि १० दिनसम्म खानुपर्ने हुन्छ । त्यसैगरी पिलोमा लगाउने मल्हम पनि दिइन्छ ।
यसै सर्न्दर्भमा भर्खरै पिलो आएर उपचार गराउनुभएका एकजना महिला बिरामीको भनाइ उदृत गर्न चाहन्छु । उहाँ भन्नुहुन्छ, ‘सुरुमा मेरो कञ्चटमा एउटा सानो गिर्खोजस्तो भेटेँ जुन हेर्दा सानो भईकन पनि अत्यन्तै दुख्थ्यो । हुन त मलाई मानिसहरूले मेथी अथवा मरिच पिसेर लगाऊ चाँडै निको हुन्छ भनी भनेका थिए । तर, भनेको(सुनेको कुराको पछि नलागी म तुरुन्तै छालारोग विशेषज्ञकोमा जचाउन गएँ । उहाँले मलाई एन्टिबायोटिक र मल्हम दिनुभयो । अरूले हेर्दाखेरि मेरो पिलो डरलाग्दो र सुन्निएको देखिन्थ्यो तर मलाई भने औषधि नियमित खाइराखेको र तातोपानीले बरोबर सेकिराखेको कारणले गर्दा त्यस्तो धेरै पीडा भने भएको थिएन । पछि यो पिलो आफै पाकेर पीप बग्यो र १० दिनजतिमा यो पूरै निको भयो । त्यसैले म अन्य बिरामीहरूलाई पनि पिलो आउनेबित्तिकै छाला रोग विशेषज्ञसँग परामर्श गर्ने सल्लाह दिन्छु ।’
कसैकसैको पिलो निकै ठूलो छ वा समय पुगिसक्दा पनि पीप बगेको छैन भने त्यस्तो अवस्थामा नदुख्ने सुई लगाएर सानो चिरफार पनि गर्नुपर्ने हुन सक्छ । चिरफार गरेको छ भने समयसमयमा घाउ सफा रु ड्रेसिङ० गर्नुपर्छ । पिलोको चिरफार गरी उपचार गर्दा छिटो निको हुने र दाग पनि कम बस्ने हुन्छ ।
पिलोको रोकथाम
सरसफाइमा ध्यान दिनु नै पिलो रोकथामको महत्त्वपूर्ण तरिका हो । रुमाल, मुख धुने साबुन, कस्मेटिक, सेभिङ क्रिमजस्ता सामानहरू एक अर्काको सकेसम्म चलाउनुहुँदैन । चिल्लो छाला भएका व्यक्तिहरूले सरसफाइमा अझ बढी ध्यान दिनुपर्छ । धेरै चिल्लो तथा मसलादार खानेकुराहरू खानुहुँदैन । मोटो मानिसहरूमा पिलो आउने सम्भावना अरूलाई भन्दा धेरै हुने हुँदा त्यस्ता व्यक्तिहरूले वजन कम गर्नु हरेक हिसाबले राम्रो हुन्छ । कसैलाई तारन्तार पिलो आउने गर्दछ भने त्यस्ता व्यक्तिका परिवारका अन्य सदस्यहरूले पनि जचाउनुपर्छ । किनभने कोहीकोही मानिसहरू कतबउजथयिअयअअगक बगचभगक भन्ने ब्याक्टेरियाबाट दीर्घकालीन रूपमा सङ्क्रमित भएका हुन्छन् । त्यही व्यक्तिलाई पिलो नआए पनि परिवारका अन्य सदस्यलाई उसले रोग सारेको हुन सक्दछ । त्यसका अलावा प्रशस्त पानी पिउने, फलफूल तथा सागपातहरू प्रसस्त खाने, पोषिलो खानेकुरा खाने गर्दा रोग प्रतिरोधात्मक शक्ति वृद्धि हुने हुँदा पिलोलगायत विभिन्न किसिमका सङ्क्रमणबाट हामी बच्न सक्दछौँ ।
समग्रमा, पिलो जोकसैलाई पनि हुन सक्ने छालाको रोग हो । पिलोको दुखाई खपेर बस्नैपर्छ भन्ने जरुरी छैन, छाला रोग विशेषज्ञसँग समयमा नै जचाउनुपर्छ । पिलोलाई जथाभावी निचोर्नु हुँदैन । अझ नाक र मुखवरिपरिको पिलो त झनु कहिल्यै जबर्जस्ती निचोर्नुहुँदैन । पिलोलाई बरोबर तातोपानीले सेकाउनुपछ र आफै पीप बग्न दिनुपर्छ । यसको रोकथामका लागि हरेक हिसाबले सरसफाइमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१