लमजुङमा टेलिकमको थ्रिजी सेवा शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार १३:०७

लमजुङ, १५  साउन  । लमजुङमा नेपाल टेलिकमले पहिलोपटक थ्रिजी (थर्ड जेनेरेशन) इन्टरनेट सेवा संचालनमा ल्याएको छ ।
जिल्लाका ८ ठाउँमा उपकरण जडान गरेपनि पहिलो चरणमा ५ ठाउँमा थ्रिजी सेवा दिने टेलिकमले जनाएको छ । सदरमुकाम बेसीशहर, भकुण्डे, भोटेओडार, सुन्दरबजार र तार्कुघाट क्षेत्रका ग्राहकले टेलिकमको सिमकार्डबाट मोवाइलमा थ्रिजी इन्टरनेट चलाउन सक्ने टेलिकम लमजुङ शाखाका प्रमुख सुवास न्यौपानेले जानकारी दिनुभयो ।04bf1d9fa95ce3578e2c25ff01f2d49a_L
टेलिकमको बेसीशहर कार्यालय, तार्कु र बाँझाखेत सिरुबारीमा क्षेत्रमा दशैं अगावै थ्रिजी सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो । थ्रिजीमा १ एमबी डाटाको कर बाहेक १ रुपैयाँ शुल्क लाग्छ । भिडियो कल गर्न मिनेटको करबाहेक २ रुपैयाँ पर्ने टेलिकमले जनाएको छ । अहिले वितरण भइरहेका सिमकार्डहरु थ्रिजीको भएपनि यसअघिका सिमकार्डहरुमा थ्रिजी एक्टिभ गराउनुपर्नेछ ।
ग्राहकको माग बमोजिम मोबाइल सेवामा अत्याधुनिक सुविधा दिन नेपाल टेलिकमले जेडटिईद्वारा निर्माण गरेको पुरानो नेटवर्कलाई हुवावे कम्पनीको थ्रीजी सेवाको जिएसएम नेटवर्कमार्फत प्रतिस्थापन गर्दै लगेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१