रुघा लाग्दा के गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७४, शुक्रबार ०६:१२

रुघा लागेमा भिटामिन सी भएका चीजहरुको सेवन गर्नु लाभदायी हुन्छ । अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सी को आपूर्ति हुन सक्छ । भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

रुघा लाग्नुभन्दा अघि नाक र घाँटीमा खसखस भएजस्तो हुन्छ यस्तो अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी तथा कागती हालेको पानी पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चाँडै बाहिर निस्कन्छन् । प्रशस्त मात्रामा तरकारीको तातो सूप पिउनुपर्छ ।

रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केहि पोषण तत्त्व पनि प्राप्त गर्न सकिन्छ । रुघा लागेको बेलामा शारीरिक रूपमा धेरै थाक्ने काम नगर्ने।

घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नून हालेर घाँटीमा गारगल कुल्ला गरेमा दुखाइ निकै कम हुन्छ । यसले घाँटीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।

घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउने गर्नुपर्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । साथै यसमा अदुवाको टुक्रा पनि राखेर सेवन गर्न सकिन्छ । । अदुवा पानीको काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

सम्भव भएमा पूरा शरीर नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । यसरी वाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा श्वास लिन सजिलो हुन्छ ।

रुघा लाग्दा टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएमा त्यसलाई कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले शरीरलाई धेरै आराम हुन्छ ।

तुलसीको पात र दानालाई २र३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१