प्रदिप राई ।
भनिन्छ साहित्य त्यो ऐना हो जहाँबाट समाजलाई देखाउन सकिन्छ । कुरिती र कुसँस्कार हटाउनलाई टेवा पु¥याउँछ । आज यहि साहित्यजगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी,तिनीहरुको आ—आफ्नै बिशेषता र गुण रहेको छ । जादुको छडीजस्तै एकैपटकमा परिबर्तन नभएपनी समयको मागसँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ भने । साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको भिन्दै छाप जीवितै रहेको छ । यहि साहित्यलाई आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएकाहरु सयौ लाखौ छन । फरक यती हो कोही सफल भएका छन । कोही असफल ? हार र जितको मजा एकातिर रहे पनी साहित्यले हाम्रा समाजलाई सहि मार्गनिर्देश गरिरहेको छ । पछिल्लो समय युवा,युवतीदेखी बयष्कसम्मलाई साहित्यले छोएको राम्ररीनै देख्न सुन्न पाईन्छ । त्यसमा पनी साहित्य जगतमा गजल बिधाले दुई खुट्टे भनाउँदा मानिसहरुलाई त के पृथ्वीग्रहका अणु,अणुलाई लठ्याएको छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर गजल बिधामा बिगत ४ बर्ष अगाडीबाट कलम चलाईरहनु भएका खोटाङ्ग जिल्ला, छोरम्बु गा बि स – ६ सापातेल गाउमा बाबा मोहनशेर राई माता शान्ता कुमारी राई कोख बाट जन्मनु भएका साहित्यकार साथै गजलकार दिपेन्द्र राई अश्रुमाली सँग को आजको झम्का भेटमा केही गजल भलाकुसारिहरु प्रदिप राई को साथमा, :- दिपेन्द्र जि साहित्यले आफै आफ्नो बिशेषता बोलेपनी तपाईको बिचारमा साहित्य के हो ? दिपेन्द्र :- हो वास्तवमा प्रदिप जि साहित्यले आफ्नो बिशेषता आँफैले बोलेको हुन्छ तर पनि हरेक मान्छेको आफ्नो आफ्नो बिचार र तर्क हुन सक्छ यो बिचार भनेको मानिसको परिस्थितीमा भर पर्छ कि जस्तो पनि लाग्छ मलाई तर मेरो विचारमा ठ्याक्कै भन्दा खेरी साहित्य भनेको दु:ख, पिर, ब्यदना ,हासो, खुशी, रहर, इक्षा, आदी ईत्यादिको सँगम हो । :- सिङ्गो साहित्यकार हुनुमा र गजलकार हुनुमा कस्तो फरक पाउनुभएको छ ? दिपेन्द्र :- म एउटा साहित्यलाई माया गर्ने ब्यक्ती हुँँ साची भन्दा मैले साहित्यमा हात हालेको पनि धेरै भएको छैन त्यसैले प्रदीप जि मसँग सिङ्गो साहित्यकार्को अनुभब छैन तर गजललाई माया भने गर्ने व्यक्ती हुँं तर पनी भन्नै पर्दा साहित्यकार र गजलकार भनेको एउटै हो कि जस्तो लाग्छ मलाई यस्मा फरक हुन्न ।। :- के साहित्यले साच्चीनै तपाईको सोचाईमा समाज परिबर्तन गर्छ ? दिपेन्द्र :- यो मेरो सोचाइमा मात्र हैन दुनियाँको जुनै कुनामा भएको व्यक्तिले पनि निर्धक्क गरेर भन्न सक्छ साहित्यले समाजलाई परिवर्तन गर्न . सक्छ । :- अब हामी तपाईको बिगततिर लाग्छौ । तपाई यो क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा अथवा तपाईको रहर हो गजलकार बन्नु ? दिपेन्द्र :- म यो क्षत्रमा कसरी आए भन्ने प्रश्न मा चाँही प्रदीप जि सबै भन्दा पहिला त रहरले नै आएको हुँँ र मलाई ठ्याकै यो मान्छेको प्रेरणा बाट आएको भन्न पनि सक्दिन तर पनि यो चाँही भन्न सक्छु कि मेरो प्रेरणा भनेको पत्र कत्रिका रेडियोहरु नै हुन । :- गजल के हो ? कसरी फुर्छ गजल ? कसरी लेखिन्छ र तपाईको सोचमा गजलकोे लक्षितबर्ग को हुन ? दिपेन्द्र :- प्रदिप जि गजल भनेको मन भित्र उकुस मुकुस भएर बसेको भावनालाई एउटा कुसल गजलकारले सुत्रबद्द गरेर लेखेको शब्दको माला हो भन्छु म र गजल कुन बेला फुर्छ भन्ने कुरामा गजलकार पिछे फरक हुने कुरा मैले देखेको छु । तर मलाई कस्तो बेलामा गजल फुर्छ भने कुनै पनि कुराले जब मलाई प्रभाब पार्छ तब मेरो मनमा त्यो कुराले डेरा जमाउछ अनी गजल जन्मन्छ । गजलमा लक्षित बर्गको कुरा गर्दा धनी देखी गरीब सम्म बुढा देखी बच्चासम्म सबैले मन पराउने हुँदा गजलमा कुनै लक्षित बर्ग हुन्न कि जस्तो लाग्छ प्रदिप जि । :- भनिन्छ बाँच्नको लागी आर्थिक स्रोत चाहिन्छ कतीपय गजलकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन । उनीहरुको गजलमा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ? दिपेन्द्र :- भनिछ मात्र हैन सत्य हो प्रदिप जि बाँच्नको लागि आर्थिक स्रोत चाहिन्छ । हामीले गजल नै लेखेर आफ्नो भबिस्य बनाउछु भनेर सोच्नु भनेको मूर्खता हो कि जस्तो लाग्छ हाम्रो नेपालको पारीबेसमा किनकी गजल लेखेर पारिश्रमिक पाउन गाह्रो छ । र गजल लेखेर धनी बन्छु भन्दा पनि गजल लेखेर आफ्नो साहित्यक क्षेत्रमा नाम कामाउछु भन्ने सोकको करणले धेरै गजलकारहरु आएकोले गर्दा खासै गजलको बजार नभाको हो कि ! किन भने आर्थिक लगानी सुरुमा लाग्दैन जस्तोकी डाक्टर इन्जिनियरलाई जस्तो त्यही हो पुस्तक छपाउदा थोरै खर्छ लाग्छ त्यो खर्छ पनि गजलकारले पैसाको लोभले भन्दा नामको लोभले गर्छ अनी त्यो पुस्तकको बिक्रिमा खासै चासो पनि देखाउदैन र पढ्नेली चासो पनि लिदैन किनकी जब बिक्री गर्ने मान्छेले नै प्रचार प्रसार नगरे पछी कस्ले चासो लि दिने । त्यसैले प्रदिप जि बजार नाभाको पनि हैन र निखरता नभएर पनि हैन मार्केटिङ गर्ने सिप नभएर हो नेपाली गजलकार पलायन हुनु पुगेको हो । :- पछिल्लो समययता सबैले गजल लेख्ने प्रसारण,प्रकाशन गर्ने कतीले हु—बहु अरुको सारेर आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र साहित्यको फाँटमा । यसमा ध्यान कसको जानुपर्छ नि ? दिपेन्द्र :- वास्तवमा अहिले गजलको बाढि हैन पुरा सुनामी आएको छ त्यो सुनामिले समुन्द्रमा भएको मोती मात्र ल्याउदैन त्यसले समुन्द्रमा भएको हरेक बिसालु बस्तु पनि बाहिर ल्याउछ त्यसैले हामी आँफैले चिन्नु पर्छ कुन मोती हो र कुन बिसालु बस्तु भनेर यहाँ मैले भन्न खोजेको जो वास्तविक गजल लेख्छ ऊ मोती हो र जो चोरेर आफ्नो नाम तल लागएर गजलकार बन्छ ह त्यो बिसालु बस्तु हो बिसालु बस्तु बाट आँफै सजक हुनु पर्छ । :- तपाई एकजना गजल बिधामा रहेर साहित्यलाई अगाडी बढाईरहनुभएको छ । तपाईजस्तै अन्य बिधामा रहेर साहित्य सिर्जना गनुहुने साथीहरुलाई के भन्नुहुन्छ ? दिपेन्द्र :-अतितमा भएको सम्झनाको तरेलिमा डुबेर बर्तमानलाई आत्मासाथ गर्दै भबिस्यको कल्पनामामा हराउदै लेखिने यो साहित्य क्षेत्रको गजल बिधामा कलम चलाई रहनु भएको साथीहरुलाई गजल लेख्दा थोरै गजलको अध्ययन गरेर लेख्नु होला अध्ययन भन्दैमा यो बिधामा हजारौ पुस्तक किनेर दिन रात पढि रहनु पर्दैन थोरै आफु भन्दा अग्रजले लेखेको गजलमा ध्यान दिए पुग्छ भन्न चाहन्छु । :- अन्त्यमा तपाईलाई साहित्यमा के हुनुपर्छ र के को अभाव छ साहित्यमा कलम चलाईरहनु भएका ‘अश्रुमाली” अबको ३ बर्षपछि हामी कस्तो अवस्था र साहित्यको क्षेत्रमा पाउन सकिएला ? :- साहित्यमा सर्बप्रथम त भाषाको बन्दुक र शब्दको गोली हुनु पर्छ जस्तो लाग्छ प्रदिप जि मलाई र साहित्यमा केको अभाब हैन, के चाँही छैन भन्नुस न किन भने साहित्य भनेको अफुमा पूर्ण छ र अरु अपूर्ण चिजलाई पूर्ण बनाउछ जस्तो कि दुखि मनलाई खुशी बनाउछ रुयको मनलाई हसाउछ हासेको मनलाई सधैं हास्नु पर्छ भनेर सिकाउछ । हाहा हा पर्दिप जि अहिले म अविवाहित छु शायद एउटा श्रीमती होलिन ,अहिले मलेसियमा छु नेपालमा हुन्छु होला र अहिले भन्दा अझ धेरै साहित्यक साथीहरु सँग चिन जान हुन्छ होला उपन्यास लेख्ने काम भै रहेको छ शायद त्यो पनि पुरा गरेर बजारमा ल्याउछु होला अनी यसरी नै गजल लेखी रहेको हुन्छु होला र अन्त्यमा ‘प्रवासि कलम मलेसियाले’ छिट्टै सामुन्द्रिक छल्का नामक संयुक्त गजल सग्रह निकाल्दैछ यस्को मुख्य भूमिका यानिकी ‘प्रभासी कलमा मलेसियाको’ म आँफै अध्यक्ष भएको नाताले हामीलाई गजल साथै रकम पठाउनु हुने ५७ जिलाको सम्पूर्ण साहित्य प्रेमी मनहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र समुन्द्रिक छल्का अबको २ महिना भित्रमा हजुरहरुको हात हातमा अबस्य पनि अाई पुग्ने छ भन्न चाहन्छु । हस्त धन्यवाद अश्रुमाली जि यती धेरै समय दिनु भएकोमा म प्रदिप साथै सम्पूर्ण युनिटको तर्फ बाट ब बाई,,,
प्रतिक्रिया