काठमाडौं,२ जेठ । सगरमाथा आरोहणको मुख्य सिजनअन्तर्गत १४ आरोही एकैपटक शिखरमा पुगेका छन् ।
आरोही समूहले सोमबार दिउँसो १ : १५ मा सफल आरोहण गरेको खबर आजको कारोबारमा छ ।
पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
पर्यटन विभागका अनुसार यो बर्ष ४१ समूहका ३ सय ७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् ।
प्रतिक्रिया