कण्डममा कोकाकोला भरेर विश्व किर्तिमान (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७१, बुधबार ०८:२४
दुनियामा आफ्नो नामलाई चर्चित बनाउने चाहना कसको पो हुँदैन र ? तर चानचुने र सबैले देखे जानेका र गरेका कामकुरा गरेर चर्चित भइँदैन । त्यसैले आफुलाई चर्चित बनाउन अझ भनौँ नाम कमाउनका लागि मानिसहरुले अनौठा हर्कत गर्न समेत पछि पर्दैनन् ।

यस्ता हर्कत गरेर विश्वमा किर्तिमान कायम गर्ने दौडमा हरेक दिनजसो नै मानिसहरु लागिरहेका हुन्छन् र किर्तिमान समेत बनिरहन्छन् । इटालीका एक मानिसले पनि यस्तै अनौठो काम गरेर विश्वकिर्तिमान कायम गरे । मिलियासेन्डिनी नामका इटालियन जादूगरले कण्डममा कोकाकोला भरेर विश्वकिर्तिमान कायम गरेको दाबी गरेका हुन् ।

ती मानिसले डेढ लिटर कोकाकोला भएको बोलतको मुख खोलेर केही चम्चा न्युटिला चकलेटको पेष्ट हाले । त्यसपछि उनले ड्युरेक्स कम्पनीको कण्डम लिए । उक्त कण्डम भित्र मेन्टोसका केही गोली हाले । अनि त्यो कण्डमलाई कोकाकोलाको बोतलको मुखमा घुसाएर टेपले बाँधे । त्यसपछि त कोकाकोलाको ग्यास र झोल दुबै कण्डमतर्फ जान थाल्यो र कण्डम मज्जाले फुल्न थाल्यो । कण्डम यति धेरै फुल्यो की अन्त्यमा त्यो फुटेर त्यसमा भएको कोकाकुल छताछुल्ल पोखियो ।
कण्डममा कोकाकोला भरेको यो पहिलोपटक भएको र आफुले कसैले पनि नराखेको किर्तिमान राखेको दाबी उनको छ । समाचार अनुसार गिनिज बुकका अधिकारीहरुले पनि उनको यस्तो दाबीको अध्ययन गरिरहेका छन्, त्यसलाई किर्तिमानको सूचिमा राख्ने नराख्ने भनेर ।
भिडियो हेर्नुस्
https://www.youtube.com/watch?v=59L51yWUFiQ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१