व्यक्ति यदि स्वस्थ्य छ भने मात्र उसले राम्रोसँग काम गर्न सक्छ । तर आजको यस भागदौडको जीवनमा सानातिना कैयौं प्रकारका रोगहरूले मानिसलाई हैरान गरिरहेको हुन्छ । बदलिंदो मौसममा एलर्जी हुनु सामान्य कुरो भइसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको (इम्युन सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असंतुलनको कारणले गर्दा मानिसहरू एलर्जीको सिकार हुन्छन् ।
एलर्जी भनेको के हो?
वातावरणमा भएका केहि कुराहरूसँग मानिसको प्रतिरक्षा प्रणाली धेरै नै संवेदनशील भएर शरीरमा सानोतिनो समस्या देखाउँदछ भने त्यस्तो शारीरिक अवस्थालाई ‘एलर्जी’ भएको भनिन्छ। एलर्जी हुँदा शरीरको छाला चिलाएर रातो हुने, आँखा रसाएर रातो हुने अनि नाकबाट पातलो पानी बगेर हैरान गर्ने अथवा सुन्निने हुन्छ। एलर्जीको किसिम देशअनुसार पनि फरक पर्दछ। नेपालको सन्दर्भमा हेर्दा धेरैजसोलाई धुँवा र धुलोको एलर्जी हुने विश्व स्वास्थ्य सङ्घको आँकडाबाट देखिएको छ।
के कारणले गर्दा एलर्जी हुने गर्दछ ?
एलर्जी हुने मूख्य कारणहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ, ती हुन्- आन्तरिक र बाह्य। आन्तरिक कारणमा वंशाणुगत, लिङ्ग, जात र उमेर पर्दछन् भने बाह्यमा मूख्यतः वातावरण प्रदूषण पर्दछ। खाना, फूल, मेडिकलका औषधीहरू पनि बाह्य कारणमा पर्दछन्।
– नेपालको सन्दर्भमा भन्नुपर्दा यहाँ धेरै वातावरण प्रदूषण भएको छ जसले गर्दा हावा, पानीमा पनि प्रदूषण बढिरहेको छ। त्यसकारण नेपालमा हुने एलर्जीको मूख्य कारण यहि वातावरण प्रदूषणलाई मान्न सकिन्छ।
– वातावरण प्रदूषण बाहेक कसै-कसैलाई खाने कुराबाट पनि एलर्जी हुने गर्दछ। हाम्रो शरीरले नरुचाउने खाने कुराहरू खाइयो भने एलर्जी हुने सम्भावना बढी हुन्छ। सामान्यतयाः ‘ओमेगा-६’ (Omega-6) भन्ने तत्व अधिकांश भएको खानेकुराहरू खाँदा एलर्जी हुने गर्दछ। त्यस्ता खानेकुराहरूमा विशेषतः बदाम, गाईको दूध, सोयाबिन, अण्डा, गहुँ, माछा पर्दछन्।allergen foods
– फूल बन्नको लागि किराफट्याङ्ग्राहरूले एक बिरुवाबाट अर्को बिरुवामा परागसेचन (Pollination) गर्नुपर्ने हुन्छ। अनि त्यहि पराग (Pollen) को कारण पनि धेरैजसोलाई एलर्जी हुने गरेको पाइन्छ। यस्तो परागले एलर्जी भएमा हाँछ्यू आउनु, नाक चिलाउनु जस्ता लक्षणहरू देखा पर्दछन्।pollen allergy
– शरीरमा अन्य रोग लागेर मेडिकलको औषधी खाँदा पनि कसैकसैलाई त्यही औषधीले एलर्जी पैदा गर्न सक्दछ। यस्तो अवस्थामा डाक्टरको सल्लाहअनुसार अर्कै औषधीको सेवन गर्नुपर्ने हुन्छ।
– कसै-कसैलाई सुई लगाउँदा पनि एलर्जी हुने गरेको पाइएको छ।
लक्षण
शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार, रुघा लाग्नु, हाँक्च्छु आउनु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशिहरू दुख्नु, यसका सुरुका लक्षणहरू हुन्, भने खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनट पछि– अनुहार चिलाउने, डाबर आउने, औंठ,
अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, सास फेर्न गार्हो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरू देखिन्छन् । यसको आधारमा नै रोगको पहिचान हुन्छ । यदि अलिकति सावधानी
अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलैसित यस रोगबाट छुट्कारा पाउन सकिन्छ ।
नाक चिलाउनुका साथै हाक्च्छु पनि आउनु ।
नाकबाट पानी बग्नु ।
नाकको छाला रातो हुनु । जुन घरिघरि नाक साफ गर्नाले हुन्छ । यदि तपाईलाई
यस्तो भइरहेको छ भने, सतर्क हुनुस्, यो नाक को एलर्जी (राइनाइटिस) नाकको इन्फेक्सन पनि हुन सक्छ ।भइरहेको छ भने, सतर्क हुनुस्, यो नाक को एलर्जी (राइनाइटिस) नाकको इन्फेक्सन पनि हुन सक्छ ।
मुख्य कारण
यस रोगको कारण कैयौं प्रकारको एलर्जी हुनु हो । यसमध्ये मुख्य हो । प्रदूषण, धूलो माटो, घाँस, पराल, एवं रुखपात, बिरुवाको परागकण एवं खाद्य एलर्जी ।
घरबाट बाहिर निस्किँदा धूलो, धूवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसहरूको नाकमा प्रवेश गर्दछ । यही एलर्जीक नाकको राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकूर, बिरालो पाल्ने घर परिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत लाहुने जनावरहरू कुकुर,
बिरालोको रौं बराबर भुईमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्दछ ।
जोखिम
नाकको एलर्जीले साइनसको अाँस्टिया (हड्डिको प्वाल) लाई बन्द गर्नसक्छ । जुन पछि गएर साइनसाइटिस (पिनास) को कारण बन्न सक्छ । ( यसले नाक भित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । यसले आँडिटरी ट्यूब (श्रवण) नलिलाई बन्द गर्न सक्छ । जसले गर्दा
कानको मध्यभागमा पानी भरिन सक्छ । यस्ता बिरामीहरूमा अस्थमा (दम) हुने जोखिम चार गुणाले बढाउँन जान्छ ।
बचाव
१. इन्फेक्शनबाट बच्ने प्रयास गर्ने ।
२. चिसो हावा, धूलोधुवाँ र ओसिलो ठाउँबाट बच्ने ।
३. घरबाट बाहिर निस्किदाँ कोसिस गर्ने कि धूलोको कण नाकभित्र कमसे कम मात्रामा जाओस् ।
४. यदि धूलोधूवाँ भएको ठाउँमा जानुपर्यो भने मास्क या रुमाल राखेर जाने ।
५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।
६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।
७. धूम्रपान नगर्ने । यदि छेउको कुनै व्यक्तिलाई चुरोटका धुवाँले एलर्जी छ भने उसको अगाडि धुम्रपान नगर्ने ।
८. कुनै खाद्य पदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने ।
९. नाकको एलर्जीले बढी तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।
१०. जुन चीजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चीजलाई नोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको कस्मेटिक साधनको प्रयोग नगर्ने ।
११. हाम्रो वरीपरि मौजूद रहेका एलर्जी उत्तपन्न गराउने तत्वहरू (एलर्जी) बाट बच्नु नै एलर्जीको सबभन्दा राम्रो इलाज हो ।
१२. धेरैजसो व्यक्तिहरूको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको संपर्कमा आउने साथै उनीहरूलाई एलर्जी भइहाल्छ । धेरै जसोलाई अर्काको चीज प्रयोग गर्नाले पनि एलर्जी हुन्छ । जस्तै– सुत्ने औछ्यान, टावेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि ।
उनीहरूले यस कुराको बिशेष ख्याल राख्नु पर्दछ ।
१३. घरमा बात्ती (सलेदो) भएको स्टोवको ठाउँमा एलपीजी या इलेक्ट्रिक स्टोवको उपयोग गर्ने ।
१४. घरमा शुध्वाईयु आउनेको व्यवस्था सुनिश्चित गर्ने ।
१५. घर यदि सडक छेउमा छ भने बाहिरको धूलोमाटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा शिसाको साथै मसिनो जाली लगाउने ।
१६. किचनमा एक्जस्ट फेनको उपयोग गर्ने ।
१७. धेरैजसोलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिहरूले फूलफुल्ने किसिमको बिरुबा कोठामा नराख्ने ।
१८. आफ्नो ओछ्यानलाई सफासुघर राख्ने ।
१९. घरमा चिसो कपडाले पुच्छन लगाउने ।
२०. घरको भित्तामा ढुस्सि या जालो लागेकोछ भने त्यसलाई ब्लिचको माध्मले सफा गर्ने ।
२१. बर्षातको मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ, तर केहि खास किसिमका रोगहरू जस्त– अस्थमा,बदय रोग, कैंसर बाट ग्रसित व्यक्तिहरूको लागि यो मौसमले केही समस्या पनि ल्याउँछ ।
२२. प्रतिदिन विचार गर्नुस् कुन चीज खाएपछि वा
लगाए पछि शरीरमा एलर्जीको लक्षण देखिन्छ । तपाईंले त्यस बिशेष चीजको नाम अगाडि ह को निशान लगाइदिने र त्यो वस्तु खान वा लगाउन बन्द गरिदिने ।
एलर्जीबाट कसरी टाढा रहने?
वंशाणुगत एलर्जीहरूको कुनै उपचार हुँदैन, त्यसबाट टाढा रहन पनि सकिँदैन तर केहि हदसम्म भएपनि कम भने पक्कै पनि गर्न सकिन्छ। त्यसको एउटै मात्र अचुक उपाय भनेको खाने कुरामा ध्यान दिनु हो अनि तपाईँको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो। थाहा छ, यो झन्झटिलो र दैनिकी जीवनमा लागू गर्न गाह्रो हुन्छ तर तपाईँको स्वास्थ्य भन्दा महत्वपूर्ण अरू के हुन्छ र?
एलर्जीलाई कम गर्ने केही उपायहरू यस प्रकार रहेका छन्-
सन्तुलन आहार गर्नु
– के तपाईँलाई थाहा छ, दुग्ध खाद्दपदार्थ र मासुबाट मुटुको रोग लाग्न सक्छ नि! त्यतिमात्रै होइन, यसमा भएका ‘ओमेगा-६’ र ‘ओलिक एसिड’ (Oleic Acid) ले तपाईँको शरीरको एलर्जीको मात्रा झन् बढाउँदछ। रातो फलमासुमा भएको ‘ओलिक एसिड’ ले ‘साइटोकाइन्स’ र ‘ल्युकोट्राइन्स’ (Cytokines and Leukotrines) नामक पदार्थ पैदा गर्दछ जसले तपाईँको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग सामना गर्न रोक्दछ। उक्त एसिड थोरै मात्रामा भएपनि प्रतिरक्षा प्रणालीलाई काम गर्न बाधा पुग्दछ र यो एसिड हाम्रै शरीरले पनि अलिकति पैदा गरिरहेको हुन्छ, जसले गर्दा झन् बढी बाधा हुने गर्दछ। त्यसैले एलर्जी हुने तपाईँहरूले आफ्नो दैनिकी आहारबाट मासु हटाउँदा नै फाइदा हुनेछ।
– खानामा भिटामिन-ई को मात्रा भएको खानेकुराहरूको समावेश गर्नुभयो भने शरीरको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग जुध्न मद्दत पुग्दछ। भिटामिन-ई ले धुम्रपान गर्नेहरूको फोक्सोलाई पनि थोरै मात्रामा निको (heal) पार्ने काम गर्दछ।
एलर्जी पैदा नगर्ने खानेकुराहरू यस प्रकार रहेका छन्-
– हरियो पात भएका सागसब्जीहरूgreen leaf– अण्डाको भित्री भागमा भिटामिन-ई प्रशस्त हुने गर्दछ
– गेडागुडीको तेल
– चिल्लो माछाका प्रजातीहरू जस्तै- रहु माछा, सहर माछा, कड माछा, आदि
– भुँइकटहर
– मेवा
– चन्दनको अचार
होमियोप्याथिक औषधिहरू
होमियोप्याथिकमा रोगिको मानसिक एवं शारीरिक लक्षणहरूलाई मध्येनजर राखेर (टोटालिटि अफ सिम्पटमस) को आधारमा औषधि उपचार गरिन्छ । प्राय: गरि एलर्जीको समस्या भएकोमा प्रयोग गर्ने औषधिहरू निम्नलिखित छन् ।
१. धूदो र परफ्युमबाट हुने एलर्जीको लागि हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ ।
२. रोटी र अमिलो खाद्य पदार्थबाट हुने एलर्जीको लागि – नेट्रमम्युरको प्रयोग गर्न सकिन्छ ।
३. उमालेको दूध पिउँदा हुने एलर्जीमा सिपिया नामक औषधि उपयोगी हुन्छ ।
यदि कसैलाई नुन, मख्खन, अन्डा र कुखुराको मासुबाट एलर्जी छ भने – कार्बोभेजको सेवन गर्दा फाइदा हुन्छ । यदि कसैलाई कफी पिउँदा एलर्जी उत्पन्न हुन्छ भने –नक्स (बोमिका) लिन सकिन्छ । घामबाट एलर्जी छ भने
(बिरामीले एपिसमेलिफिका औषधिको प्रयोग गरेमा निको हुन्छ । कसैलाई फुलको सुगन्धबाट एलर्जी हुन्छ भने– उसले एलियन्थस नामक औषधिको सेबन गर्दा राम्रो हुन्छ । यसैगरी धूलोबाट रुघाँ लाग्ने, हाँक्च्छयु आउने समस्या कसैको छ भने बिरामीले जस्टिसिया अधोटोडा नामक होमियोप्याथिक औषधिको प्रयोग गरे फाइदा हुन्छ ।
उपरोक्त औषधिहरूको प्रयोग स्थानिय कुनै योग्य तथा अनुभवि हुनुका साथै काउन्सिलमा दर्ता भएको चिकित्सकको सल्लाह लिई सेवन गरेमा राम्रो हुनेछ ।
प्रतिक्रिया