‘सुगम’ लिएर उदाए कुमार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७४, मंगलवार १८:४८

काठमाण्डौं ।  सुमधुर आधुनिक तथा पप गीतहरुको संगालो सुगम एल्बम लिएर कुमार गुरुङ्ग नेपाली साङ्गितिक आकाशमा उदाएका छन् । सोमबार राती ९ः१८ बजे थाहा सञ्चार नेटवर्क मार्फत देशभरिका ११० भन्दा धेरै रेडियोहरुबाट एक साथ प्रसारण हुने कार्यक्रम बहकिने मन मार्फत उनको एल्बम विमोचन गरिएको हो । गायक तथा नायक यशकुमार र कवि राबतले संयुक्त रुपमा सुगम विमोचन गरेका हुन् ।
‘बहकिने मन’ शीर्षकको गीत बजाएर एल्बम विमोचन गरिएको कार्यक्रममा सोही एल्बमका ‘हे मायालु’ र ‘एक नदी’ बोलको गीत पनि प्रसारण गरिएको थियो । कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माले कुमार गुरुङ्ग, यशकुमार र राबतसँग सोही एल्बममा आधारित भएर प्रश्नोत्तर गरेका थिए ।
पोखरामा भोलाप्रसाद राईसँग शास्त्रीयमा आधारित सँगीत अध्ययन गरेको दिन सम्झिँदै कुमारले आफु आत्मसन्तुष्टिको लागि सांगितिक क्षेत्रमा लागेको बताए ।
कुमार गुरुङ्गसँगको १० वर्ष पुरानो चिनजान सम्झिँदै यशकुमारले कुमारको स्वर सुगम सँगीतको लागि एकदमै म्याच गर्ने विचार राखे । साथै उनले अहिले हल्काफुल्का गीतहरु चर्चित भइरहेको समयमा कुमार गुरुङ्गको उपस्थितिले सुगम सँगीतलाई बलियो बनाउनेछ भन्ने आशा गरे । “कुमार गुरुङ्गलाई दोहो¥याएर विदेश जानुपर्ने अवस्था नआओस्” उनले भने “स्वदेशले नै उहाँलाई एउटा सर्जकको रुपमा स्थापित गराउँछ” ।
त्यस्तै कवि राबतले ‘सुगम’ एल्बमको गीतहरु सुन्दा बच्चामा हजुरआमाबाट लोरी सुन्दा जस्तै आनन्द लागेको बताए । “पेन किलर खाएको जस्तो महसुस भयो” उनले भने, “यसले कुमार जी को भविष्य उज्यालो छ भन्ने निश्चित गर्छ” ।
‘सुगम’मा यशकुमार, सेन्चुरी सुरेश घमाल, सिन्धुलीयन गुराँस र रेशम श्रीसले लेखेका ६ वटा गीतहरु समावेश छन् । त्यस्तै ४ वटा गीतमा कुमार आफैले सँगीत भरेका छन् भने बाँकी २ मध्ये ‘हे मायालु’मा यशकुमार र ‘हाम्रो प्रेमको’ मा दिपक शर्माले सँगीत भरेका छन् । अमर प्रेम म्युजिक प्रा.लि.ले एल्बमको बजार र वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१