२ नयाँ माइक्रोम्याक्स मोबाइल बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७१, बुधबार ०५:३१

काठमाडौं,१४ साउन  ।
माइक्रोम्यास मोवाइलले सुविधा सहितको नयाँ दुईवटा मोडलको मोवाइल फोन नेपाली बजारमा ल्याएको छ । माइक्रोम्यासले Micromax X081 र Micromax X082  नयाँ सेट बजारमा ल्याएको हो ।X081_micro-max-mobile

Micromax X081 ले आफ्नो वायरलेस एफ्.एम्.का साथै राम्रो र विविधता भएको मल्टीमिडियाका प्रोग्रामहरुको उत्कृष्ट प्रदर्शन गर्ने कुरामा गौरव गर्दछ जसले फोनलार्ई पहिलेको भन्दा बढी सक्षम बनाउने बताईएको छ । प्रयोगकर्ताको अनुभवलाई अझै बढाउन यो फोनमा GPRS सेवा पनि उपलब्ध छ जसले ग्राहकहरुलाई सधैँ संसारसँगै जोडिन मद्दत गर्दछ ।

Micromax X081 मा Micromax  को विशेष प्रोग्राम M ! Zone पनि राखिएको छ जसबाट ग्राहकहरुले धेरैवटा गेम, तथा मल्टीमिडियाका प्रोग्रामहरु प्रयोग गर्न पाउनेछन् । यसमा डिजिटल क्यामरा पनि रहेको छ जसबाट खिचिएको अविश्वसनीय क्लारिटिको फोटो दिने विश्वास कम्पनीले लिएको छ ।

Bluetooth  पनि रहेको Micromax X081 मा  Dual sim को सुविधा रहेको छ जसले गर्दा ग्राहकहरुले एउटै मोबाइल व्यक्तिगत र अफिसको लागि पनि प्रयोग गर्न सक्छन् । Micromax X081 मा  नयाँ smartphone  हरुको जस्तै Micro SD Memory card प्रयोग हुन्छ र यी सबैका लागि यसमा १७५० mAh को ब्याट्री प्रयोग हुन्छ ।

Micromax ले अर्को नयाँ फोन Micromax X082 पनि बजारमा ल्याएको छ । Micromax X082 मा वायरलेस एफ्.एम्. र आधुनिक मल्टीमिडियाका प्रोग्रामहरु छन् जसले प्रयोगकर्तालाई सधैँ मनोरञ्जन दिइरहनेछ । साथै यसमा भएको GPRS र Bluetooth बाट  ग्राहकहरुले कुनै पनि बेला आफ्नो साथी तथा परिवारहरुसँग फोटो तथा फइलहरु सेयर गर्न सक्नेछन् ।

यसमा भएको डिजिटल क्यामराले ग्राहकहरुलाई अविश्वसनीय क्लारिटिको फोटो खिच्ने मौका दिनेछ । यसमा भएको Dual SIM र Micro SD Memory Card ले यसको गुणस्तर अझै बढाएको छ र Micromax को विशेष प्रोग्राम M! Zone बाट ग्राहकहरुले धेरैवटा गेम, तथा मल्टीमिडियाका प्रोग्रामहरु प्रयोग गर्ने मौका पाउनेछन् ।
साथै यसमा ९०० mAh को शक्तिशाली ब्याट्री पनि रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१