‘व्यूटिसियन कार्य उद्योगको रुपमा फस्टाउँदै’, प्रतिस्पर्धामा उत्कृष्ठ भएका पाँच जना सुन्दरीहरुलाई नगद, प्रमाणपत्र र गिफ्ट ह्याम्परद्धारा पुरस्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७४, मंगलवार ०८:०२

काठमाडौँ, १९  वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री परशुराम तामाङले सौन्दर्य (व्यूटीसियन) कार्य उद्योगका रुपमा फस्टाउँदै गएको बताउनुभएको छ ।

व्यूटी सेक्रेट तथा बोष्टर मिडियाले विश्व श्रमिक दिवसका अवसरमा  आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना तथा व्यूटीसियन सम्मान’ कार्यक्रममा राज्यमन्त्री तामाङले व्यूटीसियनका कार्यले धेरै महिलालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यूटीसियन तालिमसङ्गै रोजगारका लागि विदेशीने महिलाको सङ्ख्यामा कमी आएको छ ।” राज्यमन्त्री तामाङले जनताको चाहनाअनुसार सेवा दिन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

पर्यटन विद तथा ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का पूर्व अध्यक्ष दीपक महतले स्वदेशमा उत्पादित वस्तुलाई व्यूटीसियनमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनताको चाहनाअनुसार सेवा प्रदान गर्न तालिमको खाँचोसमेत रहेको स्पष्ट पार्नुभयो ।
व्यूटी सेक्रेटकी अध्यक्ष सुमित्रा  रञ्जितले महिलाको विकास र विस्तारका लागि  काम गरिहेको बताउनुभयो । उहाँले अहिले काठमाडौँ उपत्यकामा ५०० भन्दा बढी व्यूटी पार्लरबाट जनतालाई सेवा दिइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा व्यूटिसियन प्रतिस्पर्धा समेत गरिएको थियो । सो प्रतिस्पर्धामा उत्कृष्ठ भएका पाँच जना सुन्दरीहरुलाई नगद, प्रमाणपत्र र गिफ्ट ह्याम्परद्धारा पुरस्कृत गरिएको थियो ।

यस्तै विशिष्ठ व्यूटीसियन डा राजशी शाक्य, शान्ता शाक्य, सरीता भुजु, मञ्जरीराज भण्डारी, शान्ता थापा, रश्मीला श्रेष्ठ, तिमीला वैद्य, रमीता श्रेष्ठ, अनिता खड्कालगायतलाई विशिष्ठ व्यूटीसियन सम्मानद्धारा सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१