डाक्टरले उपहार लिन नपाउने : उपहार लिए दर्ता खारेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७४, सोमबार ०६:५६

काठमाडौं,१८ बैशाख ।  डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको खबर आजको कान्तिपुरमा छ ।

डाक्टरले के लिने र नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो ।

स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार संहिता विपरीत काम गर्नेलाई अब कानुनी रुपमै कारबाही गर्न सकिन्छ ।

प्रतिक्रिया