किर्ते गरी विद्यालयको खाताबाट रकम निकाल्ने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार ०६:१३

काठमाडौं,१६ वैशाख । किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेको खबर आजको कान्तिपुरमा छ ।

उनीसँगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका छन् । हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न पाइएपछि सहायक प्रवन्धक खतिवडालाई प्रहरीले नियान्त्रणमा लिएको हो ।

अन्य दुई लाई किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१