मोदीको भ्रमणमा उठाउने एजेण्डा स्पष्ट पार्न कांग्रेसको निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार २१:१२

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उठाउने एजेण्डाको तत्काल टुंगो लगाउन सरकारलाई निर्देशन दिएको छ ।modi
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले मोदीको भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्न सकिने गरि एजेण्डा तय निर्देशन दिएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो ।
‘यो भ्रमणलाई हाम्रो राष्ट्रिय हितमा यो भ्रमणलाई हामीले अधिकतम उपयोग गर्नु पर्छ’ बडुले भन्नुभयो ‘पावर ट्रेड एग्रिमेन्टलाई पनि राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ ।’
सरकारले भ्रमण सुरु हुनुअघि नै सम्झौताहरुको बारेमा टुंगो लगाउनु पर्नेमा कांग्रेसको जोड रहेको उहाँले बताउनुभयो । बडुले सरकारले तय गरेको एजेण्डालाई दलहरुको बीचमा छलफल गरेर अन्तिम रुप दिइने पनि बताउनुभयो ।

प्रतिक्रिया