नेपाली समाज लिमरिक आयरल्यांडको नयाँ कार्यसमिती गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७४, बिहीबार ०६:३४

भोला लामिछाने , यूरोप। अप्रिल २५ मा ड़ायोसिन सेन्टर, डेनमार्क स्ट्रीट लिमरिकमा भएको नेपालीहरूको भेलाले नया कार्यसमिति निर्वाचित गरेको छ । ग़ैरआवासीय नेपाली बिध्यार्थी तथा उपस्थित ग़ैरआवासीय नेपाली परिवारहरूको सभाले प्रेम प्रसाद घलेको अध्यक्षतामा १९ सदस्य उक्त नया कार्यसमिति गठन गरेको हो।पछिल्लो २ बर्षे कार्यकाल सम्हालनुभएका निबर्तमान अध्यक्ष सनम थापा माइकलु ले प्रेम घलेलाई कार्यभार सुम्पदै नवनिर्वाचित कार्यसमिति लाई धन्यवाद व्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे।

नव निबाचित कार्य समीतको अध्यक्षमा ( प्रेम प्रसाद घले ,उपाध्यक्ष मा ( उत्तम पाण्डे , प्रजया न्यौपाने र मिलन आचार्य त्यस्तै गरी महासचिवमा ( सुमन कुँवर ,सचिबमा बिजय कुमार बूढ़ाथोकी , कोषाध्यक्षमा ( शीतल बस्नेत र सह(कोषाध्यक्षमा ( अमृत कुमार श्रेस्ठ रहेका छन्। सदस्यहरूमा भने स्। नगेन्द्र सिंह ठकुरी ,। कृष्ण काफ्ले, बाबुकृष्ण खतिवडा, सज्ना खड़का,अरुण के सी, मिलन गौतम, शिवा अधिकारी,मुकेश घिमिरे,मदन तिमिलसिना,राजकुमार प्रधान,चंद्रमडी खरेल र सृजना बस्नेत रहेका छ्न।

भेलाले संस्थापक अध्यक्ष राज थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाकार समितिको समेत गठन गरेको छ। जसमा सनम थापा ुमाइकलु, बुद्ध लामा, लक्ष्मी पौड़ेल, डम्मर गौतम, टेक अधिकारी, मुना अधिकारी र समीर खरेल छन। राज थापा को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन बुद्ध लामाले गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१