उच्च शिर गर्दै सगरमाथा झैँ ,
संसार भरि चिनिन्छौ आमा !
सन्तानको लागी हुरुक्क भएर ,
हिउ पग्ले झैँ पग्लिंदिन्छौ आमा !
“कलम”झैँ अटल छौ कहिले नाम नमेटिने ,
सन्तानको तृष्णा मेट्नलाइ तिमी ,
नदि बनेर बगी दिन्छौ आमा !
सन्तानको लागी खुनको खोलो ,
मुखको गास निकाली दिदै ,
कम्मबरमा तिमी ,
पटुका कस्तै गिट्टी र ढुंगा कुट्छौ आमा ,
आफ्नाको चोट सहेर पनि ,
बेदनाको पोको लुकाउदै ,
कल कल बग्ने कन्चन पानी झैँ ,
कति निर्मल र निश्चल छौ आमा,!
देख्छु तिमीलाई खुल्ला आकाशमा ,
बिशाल छाती फिजाएकि छौ,
अन्त छैन तिम्रो मायाको ,
अनेकौ नामले चिनिएकी छौ आमा !,
आमा र सासु, छोरी,बुहारी,
दिदी र बैनी भनेर पनि अटाएकि छौ सन्तान सबै ,
घर्ति नामले विभूषित छौ आमा !
जति हेर्छु झन् गाडा देख्छु ,
सुन्दर अनि सुगन्धित तिमी ,
काडा बनेर फुलहरु बिच बगैचामा,
मुस्कुराउछौ उदाहरण बनि आमा ,!
कहिले नसकिने यात्रा जस्तै ,
जन्म र कर्म बिच तिमी ,
आउने जाने यात्री जस्तै ,
अनेकौ नामले चिनियौ आमा !
नदीमा बग्दा चट्टानमा पर्दा ,
भुइचालो आई घर झर्दा पनि ,
सन्तानलाई काखमा च्यापेर आफु ,
मृतु शैयामा होमिन्छौ तिमी ! ,
आगोको राप सहेर आमा ,
गली दिन्छौ मैन बत्ति सरी दियो झैँ–
सधै अखण्ड होश भन्दै ,
गर्छौ सन्तानको दिर्धायु पुकार आमा !,
निशा खनाल अर्याल
प्रतिक्रिया