बेलायतमा जेम्स कोहेन बिहेको आठ वर्षपछि महिला बने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०७४, मंगलवार ०६:५७

एजेन्सी । बेलायतमा जेम्स कोहेन बिहेको आठ वर्षपछि महिला बनेका छन् । पत्नी आइरियनसँग अनुमति लिएरै उनी महिला बनेका हुन् । यो जोडीका दुई सन्तान पनि छन् । जेम्स महिलाको रूपमा बदलिँदा श्रीमती र सन्तान कोही पनि दुःखी छैनन् । जेम्स पेसाले इन्जिनियर हुन् । उनले कपाल र पहिरन मात्रै महिलाको जस्तो बनाएका छैनन्, लिंग नै परिवर्तन गरेका छन् । उनले नाम परिवर्तन गरेर ‘कारा’ राखेका छन् भने शारीरिक परिवर्तनका लागि हर्मोन थेरापी पनि गरिरहेका छन् । नयाँ पत्रिकाले छापेको छ ।
२००९ मा बिहे गरेका उनका सात र ६ वर्षका सन्तान छन् । चार महिनाअघि उनले श्रीमतीलाई आफू समलिंगी भएको बताएका थिए । उनको कुरा अकस्मात् सुन्दा आफूलाई झड्का लागेको आइरियनले बताइन् । ‘जेम्समा महिलाको कुनै लक्षण थिएन र पनि मलाई शंका थियो, उसले केही कुरा लुकाइरहेको छ,’ आइरियनले भनिन्, ‘जेम्स मेरो बिहेको पहिरन लगाउन खुब उत्सुक हुन्थ्यो, तर त्यतिखेर उसले मजाक गरेको ठानेकी थिएँ ।’जेम्स, कारा बनेपछि पनि आइरियन साथै छिन् । उनले जेम्सलाई बेस्ट फ्रेन्डका रूपमा लिने र निकै माया गर्ने वचन राखेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१