यस्ता थुप्रै घरेलु उपाय छन् जसले सेतो कपालको समस्यालाई टाढा राख्छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७४, सोमबार १६:१५

ओन्ली माई हेल्थ  । यस्ता थुप्रै घरेलु उपाय छन् जसले सेतो कपालको समस्यालाई टाढा राख्ने गर्दछ । आउनुहोस्, यस्तै घरेलु तरिकाबारे जानकारी दिँदै छौं ।

१. सेतो कपालको समस्याः

कपाल उमेर हुनुभन्दा अघि नै सेतो हुनु सबैभन्दा ठूलो समस्या बनेको छ । यसका लागि थुप्रै मानिसहरुले कलरको प्रयोग गर्दछन् । यद्यपी, कलरले कपालको जरालाई कमजोर बनाउन सक्छ । यसका लागि थुप्रै घरेलु उपाय छन् जसले सेतो कपालको समस्यालाई टाढा राख्न सक्छ ।

२. अमलाको कमालः

सानो देखिने अमला तपाईंको स्वास्थ्यको लागि गुणकारी हुनुका साथै यसको नियमित उपयोगले सेतो हुँदै गरेको कपालको समस्याबाट पार पाउन मद्दत गर्दछ । अमलालाई खानामा समावेश गर्नुका साथै मेहेन्दीमा पनि मिसाएर लगाउन सक्नुहुन्छ । अमलालाई काट्नुहोस् र त्यसलाई तातो नरिवलको तेलमा मिसाएर टाउकोमा लगाउनुहोस् ।

३. सानो देखिने मरिचको ठूलो कामः

कालो मरिचले खानाको स्वादलाई त बढाउँछ । साथै यसले सेतो हुँदै गरेको कपाललाई समेत कालो बनाउँछ । यसका लागि कालो मरिचको दानालाई पानीमा उमाल्नुहोस् र त्यो पानीलाई चिसो बनाएर नुहाइसकेपछि पुनः टाउकोमा हाल्नुहोस् । लामो समयसम्म यो तरिका अपनाउँदा यसको असर देखिने गर्दछ ।

४. कफी वा कालो चियाले कपाललाई कालो बनाउनेः

यदि तपाईं सेतो भइरहेको कपालका कारण तनावमा हुनुहुन्छ भने कालो चिया वा कफीको प्रयोग गर्नुहोस् । सेतो भइसकेको कपाललाई यदि कालो चिया वा कफीले धुनुहुन्छ भने कपाल पुनः कालो हुन थाल्छ । यस्तो तपाईं दुई दिनमा एकपटक गर्न सक्नुहुन्छ ।

५. एलोभेरामा छ गज्जबको जादूः

कपालमा एलोभेरा जेल लगाउँदा कपाल झर्न र सेतो हुन बन्द हुन्छ । यसका लागि तपाईं एलोभेरा जेल वा कागतीको रस राखेर पेष्ट बनाउनुहोस् र यसो पेष्टलाई कपालमा लगाउनुहोस् ।

६. दही पनि लाभदायकः

मेहेन्दीमा दहीलाई बराबर मात्रामा मिसाएर पेष्ट बनाउनुहोस् र यो पेष्टलाई हप्तामा एकपटक लगाउँदा कपाल कालो हुन थाल्छ ।

७. प्याजले गर्छ ठूलो कामः

प्याजले तपाईंको सेतो कपाललाई कालो बनाउन मद्दत गर्दछ । केही दिनसम्म नुहाउनुभन्दा केही समय पहिले कपालमा प्याजको पेष्ट लगाउनुहोस् । यसो गर्दा तपाईंको सेतो कपाल कालो हुन थाल्छ भने कपालमा चमक पनि आउँछ । यसले तपाईंको कपाल झर्न पनि बचाउँछ ।

८. दूधको अद्भुत लाभः

गाइको दुधले सेतो कपाललाई पनि कालो बनाउँछ भन्ने कुरा धेरैलाई थाहा नहोला । गाइको दूध कपालमा लगाउँदा कपाल प्राकृतिक रुपमा कालो हुन थाल्छ । यस्तो हप्तामा एकपटक गर्नुहोस् र असर देख्नुहोस् ।

९. शुद्ध घ्यूले मालिसः

वृद्ध वृद्धाले धेरैजसो आफ्नो टाउकोमा घरको घ्यूले मालिस गरेको देख्नुभएको होला । घ्यूले मालिस गर्दा छालाले पूर्ण रुपमा पोषण पाउँछ । प्रत्येक दिन शुद्ध घ्यूले टाउको मालिस गरेर कपाललाई सेतो हुनबाट जोगाउनुहोस् ।

प्रतिक्रिया