मुक्तिनाथ विकास बैंकले नाफा ४३ प्रतिशत बढायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७४, सोमबार ०९:१०

काठमाडौँ,११ वैशाख। जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने नारालाई आत्मसाथ गरेको मुक्तिनाथ विकास बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य प्रगतिसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढेको छ।

बैंकले ९ महिनामा ३५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव ८४ प्रतिशतले बढेर १५ अर्ब १४ करोड पुगेको छ। कर्जा ६४ दशमलव ६८ प्रतिशतले वृद्धि भइ १४ अर्व १७ करोड पुगेको छ।

हाल यस विकास बैंकले ५६ वटा कार्यालयहरु मार्फत करिव ३ लाख ग्राहकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिरहेको छ भने निकट भविष्यमा ७ वटा नयाँ शाखाहरु संचालनमा ल्याउने तयारी गरेको छ।

बैंकले ग्राहकहरुको माग तथा बजार प्रतिस्पर्धालाई मध्यनजर गरी वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी बचत खाताको विशेषता सहितको सेमी फिक्स्ड डिपोजिट एकाउन्ट संचालनमा ल्याएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१