चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०७४, शुक्रबार ०६:१८
चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन”  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।
यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१