सन्नी लियोनी कन्डमको विज्ञापनलाई लिएर फेरि विवादमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७४, बुधबार १९:५८

एजेन्सी मुम्बई । सन्नी लियोनी बलिउडमा विवादमा आइरहने नाम हो । पछिल्लो समय उनी कन्डमको विज्ञापनलाई लिएर फेरि विवादमा तानिएकी छिन् ।

रिपब्लिकन पार्टी अफ इन्डिया ९ए० को महिला विङ्गले सन्नी लियोनीको कन्डमको विज्ञापनलाई लिएर विरोध जताएको हो ।

उनीहरुले विज्ञापनमा रोक लगाउन माग गरेका छन् ।
महिला विङ्गकी सेक्रेटरी शीला गाँदुर्देले विज्ञापन बन्द नगरे संगठनले यसको विरुद्धमा आन्दोलन नै शुरु गर्ने चेतावनी दिएकी छिन् ।

उनको दाबी छ, यो ‘अश्लिल’ विज्ञापनले सबै महिलालाई लज्जा महसुस हुन्छ । टिभी च्यानलमा देखाउने यस्तो विज्ञापन परिवारसँग बसेर पनि हेर्न मिल्दैन ।

पार्टीले सन्नी लियोनीको विज्ञापन बन्द गर्न एक हप्ताको अल्टिमेटम दिएको छ ।

यस विवादमा सन्नीले यसको निर्णय अब सरकारले गर्ने बताएकी छिन् ।

एक ज्वेलरीको टिभिसी उद्घाटन समारोहमा उनले भनिन्, ‘जनताको केही सही के गलत भन्ने निर्णय गर्ने सरकार हो । लोकतन्त्रमा कसैले के गर्नुपर्छ के गर्नुहुँदैन भन्ने म को हो र रु भारतको लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष बनेकै प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रता नै हो । म यसबारेमा धेरै भन्न चाहँदिन, अब सरकारले नै यसको निर्णय गर्नेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१