यी औषधिले पार्न सक्छन् यौन जीवनमा असर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०७४, सोमबार २०:१६

रिवारिक सम्बन्धलाई समधुर बनाउन कतिपय अवस्थामा यौन जीवनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । प्रगाढ सम्बन्ध भए मात्रै यौन जीवन भव्य र उत्साहजनक हुन्छ । कतिपय अवस्थामा सम्बन्ध सुमधुर हुँदा पनि यौन जीवन राम्रो भइरहेको हुँदैन । यसका धेरै कारण छन्, तीमध्ये कतिपय औषधिको नियमित सेवन पनि यौन शक्तिको क्षयका लागि कारक हुन्छन् ।

किन हुन्छ यस्तो ?

यौनका लागि आवश्यक हर्मोन (शरीरको आवश्यकताको सन्देश दिमागसम्म पुर्‍याउने तत्व डोपामाइन, सरोटोनिन) र यौनांगबिच ठिक तालमेल हुन आवश्यक हुन्छ । डोपामाइन सेक्स प्रक्रियालाई बढाउँछ र सेराटोनिन त्यसलाई कम गर्छ । औषधिले यी हर्मोनमा गडबडी ल्याइदिन्छ जसले गर्दा यौन इच्छा घट्छ  ।

उच्च रक्तचापका औषधि: 

उच्च रक्तचापका औषधिले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिन आदि यौन यच्छालाई कमी ल्याइदिन सक्छन्  । बिटास्पेन, अल्फाबोटा, डोपाजिट जस्ता औषधिले यौनांग उत्तेजित हुने प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छन् । यी आौषधिले शरीरमा प्रोलकिटन नामक हर्मोन बढाएर पुरुषमा नपुंसता हुने खतरा बढ्छ ।

हर्मोन सम्बन्धि औषधि:

हर्मोन सम्बन्धि औषधिले यौनजीवन प्रभावित पार्न सक्छन् ।

एन्टी एन्ड्रोजन: औषधि जस्तो साइप्रोटेरन र किटोकोनजाल शरीरमा टेस्टोस्टेरन हर्मोनको स्तर कम गर्न सक्छन् । जसका कारण पुरुष नपुंसकताको शिकार हुन सक्छन् । अनावश्यक थाइरक्सिन औषधिको सेवनले पनि यौनेच्छा घट्छ । एस्ट्रोजनको अत्याधिक प्रयोगले कामेच्छा र वीर्यको मात्रामा कमी ल्याउने समस्या देखिन सक्छ ।

दुखाइ कम गर्ने औषधि :

एन्टिबाइटिक अर्थात् दुखाइ कम गर्ने औषधिले यौनेच्छामा कमी ल्याउने संभावना हुन्छ । यौनेच्छा बढाउने औषधि पेनकिलर्ससँगै लिँदा त धेरै प्रकारका साइड इफेक्ट देखिन सक्छन् । मार्फिन र कोडिन जस्ता दुखाइ कम गर्ने औषधिले यौन इच्छा समेत कम गर्छन् ।

दमको औषधि :

दमका औषधिले पनि यौन जीवनमा प्रभाव पार्न सक्छ । यस्ता औषधिमा एफीड्रिन, इरब्युटालिन आदिका सिम्पेथोमिमेटिक परिणाम पुरुषको लिंगको उत्तेजनामा ह्रास आउन सक्छ । अल्सरको औषधि: अल्सरको उपचारका लागि प्रयोग हुने औषधि जस्तो सिमेटिडिन, अल्टेक आदिको नियमित सेवनले यौन जीवन प्रभवित हुने संभावना हुन्छ । त्यसैगरी यौनांग उत्तेजित कम हुने संभावना पनि रहन्छ ।

एन्टीड्रिप्रेसन औषधि :

लगतार एन्टिडिप्रेसनको औषधि प्रयोग गर्नुले पनि यौनेच्छामा कमी ल्याउन सक्छ । निद्राका लागि लिइने औषधि जस्तो, डायजापाम, कम्पोज आदिले पनि कामेच्छा कमजोर बनाउँछन् ।

प्रतिक्रिया