अमेरिकी कम्पनीले उत्पादन गरेका पौष्टिक आहार आज देखि नेपाली बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७४, आईतवार १८:४१

काठमाडौं,३ बैशाख । अमेरिकी कम्पनी डाइमेटाइज् न्युट्रिसनले उत्पादन गरेका पौष्टिक आहार आइतबारदेखि नेपाली बजारमा उपलब्ध हुने भएका छन्। व्यायाम (जिम)  गर्नेहरुका लागि उपयोगी आहारको मीनभवनस्थित अल इन वन मार्टुमा बिक्री केन्द्र राखिएको छ। उक्त आहारको नेपाली आधिकारिक बिक्रेता एडभान्स फिटनेस सोलुसन नेपाल रहेको छ। बिक्री केन्द्रको उद्घाटन गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाल सेटेलाइट टेलिकम अध्यक्ष अस्मिता सुमार्गी र शारीरिक सुगठन नेपालका अध्यक्ष राजेश बाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्। विश्व प्रसिद्ध एथलेटिक खेलाडीले खाने आहारको नेपालमा बिक्री हुनु राम्रो भएको राज्यमन्त्री बानियाँले बताए। मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गीले काठमाडौंमा व्यायाम गर्नेको संख्या बढेकोले यस्ता आहारको आवश्यकता परेको बताए। अमेरिकामा बनेका आहार नेपालमा ल्याएर व्यवसायमा लागेका युवालाई नेपाल सेटेलाइट टेलिकम अध्यक्ष अस्मिता सुमार्गी र चैतन्य स्पा एन्ड वेलनेस हस्पिटलकी सञ्‍चालक सिर्जना शर्माले शुभकामना दिए। शारीरिक सुगठन नेपालका अध्यक्ष राजेश बाबु श्रेष्ठले यी पौष्टिक आहारले नेपालमा व्यायाममा लाग्‍नहरुलाई सहयोग पुग्‍ने बताए। उनले भने, हामीलाई अभाव भएका पौष्टिक पदार्थको पूर्ति हुनेछ भन्ने आश गरेका छौं। 

प्रतिक्रिया