यस्तो छ मानिसको स्वास्थ्य सम्बन्धि रोचक जानकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७४, शनिबार १४:५३

मान्छेको  शरिरिक तन्दुरुस्तीले मानिसको धेरै कुरामा सकारात्मक असर गर्छ । तथापि तलका कुरा पनि महत्त्वपूर्ण छन :
१. बियरले चिसोबाट बचाउँछ

सन् २०१२ को डिसेमबरमा एउटा जापानी बियर कम्पनी साप्पोरो ब्रुअरीले एउटा अनौठो तथ्य सार्वजनिक ग¥यो । अनुसन्धानको निष्कर्ष भन्दै सार्वजनिक गरेको तथ्यअनुसार धेरै बियर खाएमा त्यसमा भएका पदार्थले युवाहरुलाई चिसोबाट बचाउनुका साथै निमोनिया र ब्रोङकाइटिस जस्ता गम्भीर समस्याबाट बचाउँछ । बियरको तितो स्वादले श्वासप्रश्वासम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने दाबी कम्पनीले गरेको थियो ।

२.नोबेल पुरस्कार जित्न धेरै चकलेट खानुहाेस् : image

सन् २०१२ मै एक अमेरिकी वैज्ञानिक डा. फ्रान्ज एच मेसेर्लीले नोबेल पुरस्कार जित्नेको संख्या र अमेरिकामा चकलेट सेवनबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्य सार्वजनिक गरे । उनको दाबी थियो, चकलेटले व्यक्तिको ज्ञानलाई बढाउँछ ।

३. फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरा घटाउँछ :
डेनमार्कका वैज्ञानिकले फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरालाई ४० प्रतिशत घटाउने सार्वजनिक गरे । ब्रिटिश हर्ट फाउण्डेशनका सिनियर कार्डियक नर्स मौरिन टेल्बटले भनेकी छन्, फूर्तिलो तरिकाले जगिङ गर्नाले र हिड्नाले मुटुको चाल तीब्र हुन्छ र मुटुको मांसपेशीको अभ्यास हुनछ, हामीले यस्तो अभ्यासलाई दिनहुँ गर्नुपर्छ ।’

४. इन्भेष्टमेन्ट ब्याङकिङ स्वास्थ्यका लागि खतरा:
युनिभर्सिटी अफ साउद्रन क्यालिफोर्नियाका अनुसन्धानकर्ताले एउटा अर्को अनौठो तथ्य सार्वजनिक गरे । ती अनुसन्धानकर्ताको दाबी थियो, इन्ट्री लेभलका इन्भेष्टमेन्ट ब्याङकरहरु अनिद्रा, घबराहटजस्ता समस्याबाट पीडित हुन्छन् । यस्तै, अधिकांश अनुभवी ब्याङकरहरु तनावसम्बन्धी समस्याबाट पीडित भएको पनि पाइएको थियो ।

५. अण्डोको पहेंलो भाग धूमपानभन्दा खतरनाक:
सन् २०१२ मा युनिभर्सिटी अफ वेस्टर्न ओन्तारियोका अनुसन्धानकर्ताले अण्डाको पहेंलो भाग खानु मुटुका लागि चुरोट पिउनुभन्दा बढी खतरनाक रहेको निष्कर्ष निकाले । उनका अनुसार पहेलों भागले मुटुका धमनीहरुलाई कडा बनाउँछ, जसलाई अथेरोस्केलोरोसिस भनिन्छ ।

६. कफीले छालाको क्यान्सरको खतरालाई कम गर्छ:
सन् २०११ मा भएको एक अध्ययनले दिनहुँ ६ कपभन्दा बढी कफी पिउने महिलालाई छालाको क्यान्सर हुने सम्भावना कम हुने देखाएको थियो । कफीमा भएको एन्टिअक्सिडेन्टले छालाका कोषलाई सुरक्षा दिन्छ र क्यान्सर लाग्न नदिने दाबी अनुसन्धाकर्ताको थियो ।

७.  धनी मानिस बढी झुट बोल्छन्
सन् २०१२ मा मनोविज्ञहरुले सामाजिक अवस्थाले मानिसको व्यवहारमा के परिवर्तन ल्याउँछ भनने अनुसन्धान गरेका थिए । जसमा पत्ता लाग्यो, बढी कमाउने मानिसहरु तल्ला वर्गका मानिसहरुको तुलनामा ठगी गर्ने, झुटा बोल्ने र अनैतिक क्रियाकलापमा संलग्न हुन्छन् । यस्तो अध्ययन युनिभर्सिटी अफ टोरन्टो र युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीका मनोविज्ञहरुले गरेका थिए ।

८. आँखाको नानीले मानिसको सेक्ससम्बन्धी व्यवहार संकेत गर्छ:
सन् २०१२ मा भएको एक अध्ययनले मानिसको यौन व्यवहार उसको आँखाको नानीको फैलावटले संकेत गर्ने पत्ता लगाएको थियो । ३ सय २५ जना पुरुष समलिंगी, बायोसेक्सुअल र साधारण मानिसमा यसबारे अध्ययन गरिएको थियो ।

९. डाइटिङले तौल बढाउँछ
डाइटिङले तौल घटाउँछ भन्ने प्रायः मानिसको विश्वास हुन्छ । तर, सन् २०१२ मै भएको एक अध्ययनले डाइटिङले तौल घटाउँने देखिएको थियो । डाइटिङका कारण हर्मोन, मोटोबोलिजम, दिमागलाई परिवर्तन गर्ने भएकाले मोटोपनमा वृद्धि हुने तथ्य बाहिर ल्याइएको थियो ।

१०. हात्तीले ऐना हेर्न सक्छन्
अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा हात्तीले ऐना हेर्न सक्ने पत्ता लागेको थियो । अनुसन्धानकर्ताहरुले आफूलाई चिन्न सक्छन् कि सक्दैनन् भन्ने पत्ता लगाउन
तीन हात्तीलाई ठूलो ऐना दिए । त्यसमध्ये एउटा हात्तीले बारम्बार ऐनामा आफ्नो टाउकोमा लेखिएको सेता चिन्ह छुन खोज्यो । हात्तीले ऐनाअगाडि यताउता चलेर आफू कस्तो देखिन्छु भनेर हेर्न चाहेका थिए भनेर पनि अनुसन्धानकर्ताले दाबी गरे ।

प्रतिक्रिया