किन रुन्छन् मान्छेहरु खुसिमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७४, शनिबार १४:४१

एजेन्सी । मानिसहरु खुशीमा पनि रुन्छन् । तर, किन रुन्छन्, कमैलाई थाहा होला । तर, वैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । अमेरिकाको येल विश्वविद्यालयकी मनोवैज्ञानिक ओरियाना ऐरागन भन्छिन्, ‘जब मानिसहरु प्रभावशाली सकारात्मक भावना महसूस गर्छन्, त्यतिखेर उनीहरुको आँखामा आँसु बग्न थाल्छ । यस्तो गरेपछि उनीहरु आफ्ना भावनामा सन्तुलन कायम गर्छन् ।’

सोही विश्वविद्यालयमा ऐरागन र उनका साथीहरुले केही मानिसको भावनात्मक परिदृश्य प्रस्तुत गरेका छन्, जसमा प्यारो बच्चा या युद्धबाट फर्किएको सिपाही र उसको पत्नीबीचको मिलनपछि उत्पन्न प्रतिक्रिया समावेश थियो । उनीहरुले अनुसन्धानबाट के पाए भने, जो मानिस सकारात्मक खबरका लागि नकारात्मक प्रतिक्रिया देखाउँछन्, उनीहरु अधिक तीब्रताका साथ गहिरो भावनालाई संयमित गर्न सक्षम हुन्छन् ।
यसबाट के प्रमाणित हुन्छ भने प्रभावशाली नकारात्मक भावनाले सकारात्मक प्रतिक्रियालाई बढावा दिन्छन् । उदाहरणका लागि मानिसहरु मुस्किल या डरलाग्दो स्थितिको सामना गरिरहँदा पनि बैचैन रुपमा हाँस्छन् र कहिलेकाही हामी पनि निकै उदासीपूर्ण वातावरणमा मुस्कुराउँछौं । ऐरागन भन्छिन्, ‘यो नयाँ अनुसन्धानबाट मानिसहरु खुशीमा पनि रुन्छन् भन्ने कुरा पत्ता लागेको छ ।’
यसैले तपाईंले कुनै मानिसलाई खुशीको समयमा पनि आँसु बगाएको देख्नु भएको छ भने अचम्ममा नपर्नुस, त्यो सामान्य हो र राम्रो हो । वान्लीमाईहेल्थबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१