एक साताभित्र खानेपानीको विल तिरिसक्न मुख्य सचिवको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७४, शनिबार ०६:४१

काठमाडौं,२ बैशाख  । मुख्य सचिव सोमलाल सुवेदीले सबै मन्त्रालय र त्यस मातहतका कार्यालयहरुलाई एक साताभित्र खानेपानीको विल तिरिसक्न निर्देशन दिएका छन् । बुधबार बसेको सचिव बैठकमा मुख्य सचिव सुवेदीले त्यस्तो निर्देशन दिएका हुन् ।

त्यसका लागि खानेपानी महसुलको वक्यौताको अद्यावधिक विवरण खानेपानी मन्त्रालयले उपलब्ध गराउने र त्यसको आधारमा बक्यौता रकम तिर्न निर्देशन दिइएको छ । बाँकी रहेको बिल तिरे(नतिरेको अनुगमन गर्न र त्यसको सूचना सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखालाई पनि निर्देशन दिइएको छ ।

करिब एकसाताअघि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयदेखि सरकारकै विभिन्न निकाय र मन्त्रालयले खानेपानीको विल नतिरेको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१