यस्तो रह्यो समग्रमा २०७३ सालको शेयर बजार, कारोबार रकम २ खर्ब माथि, नेप्से २९१.३५ अंकले वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७४, शनिबार ०५:५३

काठमाडौँ,२ बैशाख । २०७३ सालमा २ सय ३५ दिन नेप्सेमा कारोबार भएको छ । यस अवधिभर २ सय ७० कम्पनीको ४५ करोड १० लाख ५५ हजार २ सय १८ कित्ता शेयर किनबेचबाट २ खर्ब ४१ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बैशाख २ गते १४५०.७८ विन्दुबाट शुरु भएको नेप्से बजार आज यस बर्षको अन्तिम दिन बिहिबार २९१.३५ अंकले वृद्धि भएर १६९७.१३ अंकमा उच्चालिएको छ ।

२०७३ सालको कारोबार विवरण
कारोबार दिन ः२३५
कम्पनी कारोबार संख्या ः २७०
कारोबार शेयर संख्या ः ४५,१०,५५,२१८
कारोबार रकम ः २,४१,९०.११९ करोड

यसैगरी “क” वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ६३.८० अंकले उकालो लागेर २७१.७७ उचाईमा पुगेको छ ।
लगाानीकर्ताले बर्षभरीमा ४ खर्ब ३६ अर्ब १० करोड रुपैयाँ कमाएर बजार पँुजीकरण १९ खर्ब ५१ अर्ब रुपैयाँ रहँदा नेप्सेमा कारोबार बन्द भएको छ ।
२०७३ सालको नेप्से बजार पँुजीकरण
शुरुको विन्दु ः १५१५०४५.२४       अधिकत्तम ः २०७०९९५.९९
अन्तिम विन्दु ः १९५११५३.८२      न्युनम ः १४१०२४९.३१

कारोबारमा आएका ९ समूह मध्ये २ समूहको परिसचूकमा गिरावट आएका छन् भने ७ समूहको परिसूचक बढोत्तरी रहेका छन् । बीमा समूहमा यस बर्ष उछाल आएको छ । बीमा समूहको परिसचूक ६१४३.६२ अंकबाट शुरु भएर अन्तिम दिन ८८६९ अंकमा कारोबार बन्द भएको छ । ब्ािमा २७२५.३८, विकास बैँक ५७९.११, वाणिज्य बैँक २७०.५२, उत्पादन तथा प्रशोधन १४.५१ र व्यापार ७.८७ विन्दुमा उक्लिएको छ । त्यसैगरी जलविधुत समूहमा उच्च अंकको गिरावट देखिएको छ । जलविधुत २४८.६९ र अन्य १५४.२५ अंकले घटेका छन् ।
२०७३ सालको नेप्से
शुरुको विन्दु ः १४०५.७८           अधिकत्तम ः १८८१.४५
अन्तिम विन्दु ः १६९७.१३          न्युनम ः १२५२.५०

२०७३ सालमा ११२ कम्पनीले कमाउन सफल भएका छन्, १५ कम्पनीले गुमाएका छन् भने १४३ कम्पनीको मूल्यमा परिवर्तन आएको छैन । धेरै कमाउनेमा एनबी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, जनउथान सामुदायिक लघुवित्त, रिलायबल माइक्रो फाइनान्स वित्तिय संस्था, आइएलएफसिओ माइक्रो फाइनान्स वित्तिय संस्था र किसान माइक्रो फाइनान्स वित्तिय संस्था रहेका छन् । एनबी इन्स्योरेन्सको मूल्य २०६२.९९ प्रतिशल बढेर अन्तिम कारोबार २१ हजार ७ सय ६५ रुपैयाँमा भएको छ । उक्त फाइनान्सको १ हजार ६ सय ६९ पटकमा ३० हजार ३ सय २३ कित्ता शेयर खरिद बिक्र्बिाट ३० करोड रुपैयाँको कारोबार भएको छ । एनबी इन्स्योरेन्सको यस बर्षको अधिकत्तम मूल्य १ हजार ९ सय ४४ रुपैयाँ र न्युनतम मूल्य ८१.६० रुपैयाँ रहेको छ ।

अल्पाइन विकास बैँकका लगानीकर्ताले यस बर्ष धेरै गुमाउनु परेका छन् । अल्पाइन विकास बैँकको मूल्य २ सय ८७ रुपैयाँले घटेर अन्तिम कारोबार २ सय ५८ रुपैयाँ बराबार ४ लाख ४ हजार ९ सय ५३ कित्ता शेयर किनबेच भएको छ । त्यसैगरी सिद्धार्थ बैँकको संस्थापक शेयर, साहारा विकास बैँक, रिद्धि हाइड्रो पावर, माउन्त मकालु डेभलपमेन्ट बैँकले क्रमश ५०.४२, ४९.३३, ४६.६, ४१.८६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
२ खर्ब ४१ अर्ब ९० करोड रुपैयाँ कारोबार भएको शेयर बजारमा वाणिज्य बैँकले मात्र ४५.४५ प्रतिशत र बीमा कम्पनीले २५.४५ प्रतिशत हिस्सा ओगटेको छ । वाणिज्य बैँकको मात्र १४ करोड ३३ लाख २५ हजार ८ सय ९७ कित्ता शेयर बराबर १ खर्ब ९ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

५ उत्कृष्त समूह कारोबारको आधारमा
 कारोबार रकम (करोड)                          शेयर संख्या
वाणिज्य बैँक                         १०,९९४.७३४                                १४३,३२५,८९७
बीमा                                ६,१५६.४३७                                   ३४,३६३,६५७
विकास बैँक                          २,११४.२१०                                  ३,७६१४,४६२
माइक्रो फाइनान्स                   १,२७४.४२०                                   ७,६३१,१३८
जलविधुत                           १,२०५.७५२                                   २९,२६४,२७७

कारोबार रकमको आधारमा एभरेष्ट बैँक, नेपाल बंगलादेश बैँक, शिखर इन्स्योरेन्स, नेपाल बैँक र नेश्नल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका छन् । एभरेष्ट बैँक र नेपाल बंगलादेश बैँकको १ करोड १० लाख रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स, नेपाल बैँक र नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख रुपैयाँको कारोबार भएको छ ।
बैँक तथा वित्तिय संस्थाहरुमा तरलताको अभाव देखिएको कारणले फागुन महिनामा नेप्से परिसूचक भारी अंकले गिरावट आएको थियो । फागुन १ गते नेप्से १२९६.२३ विन्दुबाट शुरु भएको बजार ४३.७३ अंकले झरेर १२५२.५० अंकमा ओरालो लागेको थियो । चैत्र महिनाको शुरु देखि नै तरलतामा सुधार आउनु, मार्जिन कल खुकिलो हुनु, स्थानिय निवाचको वातावरण सृजना हुनु, ब्रोकरले शाखा विस्तार गर्नु, अनलाईन कारोबार थालनी गर्ने प्रयास र बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पँुजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पँुजी १ अर्ब पुर्याउनु पर्ने निर्देशनले गर्दा लगानीकर्ताहरुको आकर्षण दोश्रो बजारमा देखिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१