आठ क्यासिनोले रु एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्याङ्क सार्बजानिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७४, शुक्रबार ०६:०४

काठमाडौँ, १ बैशाख । नेपालमा रहेका आठ क्यासिनोले रु एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्याङ्कले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियशन सेन्टर प्रालिबाट रु ५३ करोड ५० लाख ३३ हजार, दि फुलबारी लिमिटेड पोखराले रु २४ करोड ६६ लाख ६४ हजार, होटल याक एण्ड यतिले रु ११ करोड ८७ लाख ५० हजार, अन्नपुर्ण इन्टरनेसनलले रु ११ करोड ६९ लाख १५ हजार र होटल एभरेस्ट लिमिटेडले रु १० करोड ३५ लाख ६२ हजार रोयल्टी तिर्न बाँकी छ ।

यसैगरी होटल मल्लले रु सात करोड ६५ लाख, ह्याप्पी आवर प्रालिले छ करोड ९३ लाख, होटल सोल्टीले रु छ करोड १३ लाख रोयल्टी तिर्न बाँकी छ ।

रोयल्टी बुझाउन बाँकी सबै क्यासिनोलाई ३५ दिनको म्याद दिई रोयल्टी नबुझाएमा क्यासिनो सञ्चालन बन्द गरिने भनी मन्त्रालयबाट गत चैत २४ गते पत्र बुझाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१