सरकारको ध्यान आर्थिक विकास र विस्तारमा नै गएको प्रधानमन्त्रीको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७४, शुक्रबार ०५:५७

काठमाडौँ,१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासको महाअभियानमा सहयोग गर्न र सरकारका सकारात्मक कामकारबाहीलाई पूर्ण प्रतिबद्धताका साथ लागू गर्न उद्योगव्यवसायीलाई आग्रह गरेको छ ।

नेपाल उद्योण वाणिज्य महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई  बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सरकारको ध्यान आर्थिक विकास र विस्तारमा नै गएको स्पष्ट गरे । प्रधानमन्त्रीले महासङ्घमा केही गरौँ भन्ने भावनाद्वारा प्रेरित नमुनायोग्य समूह नेतृत्वमा आएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र समृद्धिमा जान सकिन्छ, देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुन्छ ’ प्रधानमन्त्रीले भने । उनले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताउँदै पुराना ऐनकानुनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिए ।

सो अवसरमा महासङ्घका नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकारले उद्योगी तथा व्यवसायीको भावनालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र सरकारको सहयोगी भएकाले सँगै लिएर हिड्न र सकारात्मक सहयोगको वातावरण बनाइदिन आगह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१