जापानको यो रेस्टुरेन्टमा बाँदरले ‘वेटर’ को काम गर्छन् (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७१, मंगलवार ०६:३३

(एजेन्सी) /जापानको राजधानी टोकियोमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ बाँदरलाई वेटर बनाएको छ । उनीहरुले नै पर्यटकहरुलाई उक्त रेस्टुरेन्टमा आकर्षण गर्ने गर्छन् । उक्त रेस्टुरेन्टमा २ जना बाँदरले त्यहाँ आउने ग्राहकलाई स्वागत गर्छन । ति बाँदरहरुले आम वेटरले जस्तै आगन्तुकको सेवा (सर्भिस) गर्छन् । तिनीहरुले सिर्फ मेनू ल्याएर मात्र ग्राहकलाई दिदैनन् उनीहरुले ग्राहकले अर्डर गरे अनुसारको खानाका परिकार समेत सर्व गर्छन् । यि २ बाँदर बिल्कुलै आम मान्छे (वेटर) ले जस्तै रेस्टुरेन्टमा काम गर्छन । मान्छेले जस्तै यूनिफर्म (पोशाक) पनि लगाउछन् ।Monkey Waiter in Japan

उक्त रेस्टुरेन्टका मालिकका अनुसार आफ्नो रेस्टुरेन्टमा ति जनावरको उपयोग गर्ने विचार उनलाई तब आयो जब उनले आफ्नो घरमा रहेको बाँदरले सबै काम गर्न सक्थ्यो । उनि अझै २/३ वटा बाँदरलाई काममा राख्न चाहन्छन ।

 Monkey Waiter in Japan

होटलको ग्राहकहरुका अनुसार यो (वेटर) बाँदरले सहजै मान्छेले भन्न खोजेको कुरा सम्झन सक्छ । जसले बिल्कुलै त्यहि खाना र ड्रिंकको सर्व (सेवा) गर्छ जुन अरु मान्छे (वेटर)ले गर्ने गर्छन् । यति मात्र हैन यो बाँदरलाई टेबल नंबर पनि सम्झना हुन्छ । कति नम्बरको टेबलबाट के खानाको अर्डर भयो समेत उनीहरुलाई थाहा हुन्छ ।

जापानी कानून अनुसार, कुनै पनि जनावरलाई एक दिनमा २ घण्टाभन्दा बढी काम लगाउन पाइदैन ।

Monkey Waiter in Japan

 कस्तो लग्यो यी बाँदर तल केहि कमेन्ट लेख्नुहोला !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१