एक व्यक्तिको नाममा एकै प्रकृतिको अलगअलग खाता खोल्न नपाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ चैत्र २०७३, बिहीबार ०७:५१

काठमाडौं,३१ चैत  । राष्ट्र बैंकले साधारण बचत खातालाई पुनरभाषित गरेको छ । कल बचत खातामा दिने ब्याजदरलाई साधारण बचत खाताको व्याजदर सरह बनाउन निर्देशन दिएको राष्ट्र बैंकले त्यसमा कडाई गर्न यो रणनीति अपनाएको हो ।
बैंकहरुले बचत खाताको नाममा अलगअलग बचत योजना सञ्चालन गरेर ब्याज दर फरक गर्ने भएकोले यसैलाई नीतिगत छुट बनाएर कल खाताको ब्याज दर उच्च नै राख्ने प्रयाग गर्न सक्ने आशंकामा यस्तो नीति अख्तियार गरिएको हो । त्यस्तै अब कुनै पनि बैंकले एक व्यक्तिको नाममा एकै प्रकृतिको अलगअलग खाता खोल्न नपाउने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया