वरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित : यस्तो छ गोल्छाको करिअर हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७३, बुधबार ०७:३५

काठमाडौं,३० चैत । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको ५१औँ वार्षिक साधारणसभाले गोल्छालाई आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

महासंघको संशोधित विधानअनुसार निर्वाचित वरिष्ठ उपाध्यक्षको कार्यकाल सकिएपछि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । यसअनुसार भवानी राणाको कार्यकाल सकिएपछि अर्थात् आगामी तीन वर्षपछि गोल्छा महासंघको अध्यक्ष बन्नेछन् ।

महासंघको १८औँ कार्यसमितिका लागि मंगलबार भएको निर्वाचनमा गोल्छाले अर्का प्रत्याशी किशोर प्रधानलाई २६ दशमलव ७ प्रतिशत मतभार अन्तरले पराजित गरेका हुन् । गोल्छाले वस्तुगतबाट ४७, एसोसिएटबाट ५ सय ४ र जिल्ला तथा नगरतर्फबाट ६१ गरी कुल ६ सय १२ मत प्राप्त गरेका हुन् । यसको मतभार कुल ६३ दशमलव ३० प्रतिशत हुन आउँछ । उनका प्रत्याशी प्रधानले वस्तुगतबाट ५१, एसोसिएटबाट १ सय २३ र जिल्ला तथा नगरतर्फबाट ४२ गरी कुल २ सय १६ मत प्राप्त गरे । यसको कुल मतभार ३६ दशमलव ७० प्रतिशत हुन आउँछ ।

विजयी भएलगत्तै पत्रकारलाई प्रतिक्रिया दिँदै गोल्छाले मतदातालाई धन्यवाद दिए । उनले अबको महासंघ अध्यक्ष भवानी राणाको कार्यकाललाई सफल पार्ने बताए ।

महासंघको नयाँ कार्यसमितिका लागि गोल्छा र प्रधान प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा वस्तुगतमा प्रधान प्यानलले र जिल्लानगर तथा एसोसिएटतर्फ गोल्छाको प्यानलले बढी मत पाएका थिए । साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० सदस्यसहितको नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको हो ।

जिल्ला-नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ
जिल्ला-नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । प्रधान प्यानलका श्रेष्ठले उपाध्यक्षका प्रत्याशी दिनेश श्रेष्ठलाई सात मतले पराजित गरे । जिल्ला नगरतर्फबाट खसेको कुल १ सय ४ मतमध्ये विजयी श्रेष्ठले ५५ मत ल्याएका थिए । पराजित श्रेष्ठले ४८ मत ल्याए । एक मत भने बदर भएको थियो । विजयी श्रेष्ठ यअसघि महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति थिए । उनको बैंक, आल्मुनियम, ग्रिल, जलविद्युत्, अस्पतालगायत क्षेत्रमा लगानी रहेको छ ।

वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ
वस्तुगततर्फको उपाध्यक्षमा प्रत्याशी शंकरप्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गर्दै उमेशलाल श्रेष्ठ विजयी भएका छन् । गोल्छा प्यानलका श्रेष्ठ ४९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्याशीहरू पाण्डे र मल्लले क्रमशः ३८ र ११ मत ल्याए । पाण्डे प्रधान प्यानलका र मल्ल स्वतन्त्र उम्मेदवार थिए । श्रेष्ठ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष हुन् । यसअघि उनले महासंघमा उद्योग समितिको सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए । उनी क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक हुन् ।

एसोसिएटमा चन्द्र ढकाल निर्विरोध
महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् । एसोसिएटतर्फको उपाध्यक्षमा अरूको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि एसोसिएट उपाध्यक्षका आकांक्षी मानिएका उद्यमीहरू ज्ञानेन्द्रलाल प्रधान र सौरभ ज्योतिले ढकाललाई समर्थन गरेका थिए । एसोसिएट उपाध्यक्षमा निर्वाचत ढकाल यसअघि महासंघको विदेशी तथा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति थिए । उनी आइएमई ग्रुपका अध्यक्ष ढकालको रेमिट्यान्स, बैंक, जलविद्युत्, आइटी, केबलकारलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

पदभार हस्तान्तरण बुधबार
निर्वाचित वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी तथा नयाँ कार्यकारिणी समितिले बुधबार पदभार ग्रहण गर्नेछन् । त्यस्तै, बुधबार नै अध्यक्ष पशुपति मुरारकाले वरिष्ठ उपाध्यक्ष भवानी राणालाई पदभार हस्तान्तरण गर्नेछन् । निर्वाचनसँगै सोमबारबाट सुरु भएको महासंघको ५१औँ साधारणसभा पनि सम्पन्न भएको छ ।

गोल्छाको करिअर
सफल उद्यमी शेखर गोल्छा यसअघि नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष थिए । उनले त्यसअघि महासंघमा दुईपटक कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । कार्यसमिति सदस्य, उपाध्यक्ष तथा विभिन्न फोरमका सभापतिसमेत गरेर उनले महासंघमा झन्डै १० वर्ष बिताइसकेका छन् । औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका पछिल्लो पुस्ताका गोल्छा स्मार्ट उद्यमीका रूपमा समेत परिचित छन् । गोल्छा अर्गनाइजेसनमा कार्यकारी निर्देशकका रूपमा उनले अटोमोबाइल, औषधि उद्योग, बैंक तथा बिमा, इलेक्ट्रोनिक्स, निर्यातलगायत विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गरिरहेका छन् ।

निर्वाचित सदस्यहरू

प्रदेश नं. १ : रोहितप्रसाद प्रसाई (१३मत)
प्रदेश नं. २ : गणेशप्रसाद लाठ (निर्विरोध)
प्रदेश नं. ३ : कमलकुमार श्रेष्ठ (निर्विरोध)
प्रदेश नं. ४ : निर्माणकुमार श्रेष्ठ (१०मत)
प्रदेश नं. ५ : भीमबहादुर थापा क्षेत्री (निर्विरोध)
प्रदेश नं. ६ : लंकमान श्रेष्ठ (६ मत)
प्रदेश नं. ७ : प्रकाशबहादुर राउत (निर्विरोध)
संस्थापक सदस्य सूमह : अविनाश बोहोरा (निर्विरोध)
द्विराष्ट्रिय उवासंघ सदस्य : अजय मुडभरी (निर्विरोध)

वस्तुगततर्फका निर्वाचित सदस्य र प्राप्त मतः
अञ्जन श्रेष्ठ (७३ मत)
सन्दिपकुमार अग्रवाल (७१)
प्रकाशसिंह कार्की (६१)
सुकुन्तलाल हिराचन (६१)
शिवप्रसाद घिमिरे (५९)
आकाश अधिकारी (५६)
ई. विनोद ढकाल (५५)
तिलचन्द्र भट्टराई (५३)
कमला श्रेष्ठ (५२)
जयप्रसाद शिवाकोटी (५१)
सुरेन्द्रकुमार श्रेष्ठ (५१)
हेमराज ढकाल (५१)
रविनकुमार श्रेष्ठ (५०)
सुनिलगोपाल श्रेष्ठ (५०)

निर्वाचित सदस्य (एसोसिएटतर्फ) र प्राप्त मत
ओमबहादुर राजभण्डारी (५९६)
ज्ञानेन्द्रलाल प्रधान (५८९)
अशोककुमार तोदी (५८६)
प्रबलजंग पाण्डे (५८६)
गोपाल खनाल (५८५)
सौरभ ज्योति (५८५)
भरतराज आचार्य (५८४)
विजयसिंह वैद्य (५८२)
मंगेशलाल श्रेष्ठ (५५९)
आनन्दकुमार अग्रवाल बगारिया (५५१)
साहिल अग्रवाल (५४८)
रञ्जितराज आचार्य (५४६)
सुनिलनारायण श्रेष्ठ (५४६)
अशोककुमार टेमानी (५४१)
राजेशकुमार अग्रवाल (५३६)
रामशरण थपलिया (५२९)
ज्योत्सना श्रेष्ठ (४९६)
कृष्णप्रसाद दुलाल (४६०)
मनीषकुमार अग्रवाल (४५८)

निर्वाचित सदस्य (जिल्ला नगरतर्फ) र प्राप्त मत
उमेश डालमिया (९०)
सुरकृष्ण वैद्य (८६)
राजन श्रेष्ठ (८२)
मनीषलाल प्रधान (८०)
कृष्णप्रसाद शर्मा (७८)
कृष्णप्रसाद श्रेष्ठ: नेपालगन्ज (७८)
दीपक लम्साल (७८)
कृष्णप्रसाद श्रेष्ठ : अर्घाखाँची (७५)
ध्रुवराज श्रेष्ठ भारी (७४)
राजेन्द्रकुमार श्रेष्ठ (७३)
दिलसुन्दर श्रेष्ठ (७२)
निरक केसी (७१)
किशोरकुमार आचार्य (६८)
सुरेन्द्रप्रसाद श्रेष्ठ (६८)
चन्द्रकान्त अधिकारी (६५)
राजकुमार न्यौपाने (६३)
कल्याण जोशी (६१)
देवकुमार श्रेष्ठ (५८)– आधा कार्यकाल
सुदर्शन कार्की (५८)– आधा कार्यकाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१