उद्योग वाणिज्य महासंघमा को को भए निर्वाचित ? हेर्नुस् नामावली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७३, बुधबार ०७:१०

काठमाडौं,३० चैत।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन्। मंगलबार भएको मतदानमा करिब ६३ प्रतिशत मत प्राप्त गरी उनी निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले ३६।७० प्रतिशत मत प्राप्त गरे। महासंघको सदस्यमध्ये सबैभन्दा धेरै मतभार रहने जिल्ला नगरतर्फ गोल्छाले बढी मत ल्याएका थिए। उनले ६१ मत पाए भने प्रधानले ५२ मत मात्र पाए। जिल्ला नगरमा गोल्छाले २९।३१ प्रतिशत र प्रधानले २०।३४ प्रतिशत मतभार प्राप्त गरेका हुन्। त्यस्तै एसोसिएटतर्फ गोल्छाले ५०४ ९२४।१० प्रतिशत मतभार० र प्रधानले १२३ ९५।९० प्रतिशत मतभार० मत प्राप्त गरे। वस्तुगत तर्फ भने गोल्छाले ४७ ९९।५९ प्रतिशत मतभार० मत पाए भने प्रधानले ५१ ९१०।४ प्रतिशत मतभार० मत प्राप्त गरे। महासंघको अध्यक्ष भने अघिल्लो कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष भवानी राणा बनेकी छिन्। यसैवर्ष महासंघले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष आउँदो कार्यकालमा स्वतस् अध्यक्ष बन्ने व्यवस्था गरेको थियो। त्यस्तै उपाध्यक्षमा एसोसिएटतर्फबाट चन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् भने वस्तुगततर्फ उमेश श्रेष्ठ निर्वाचित भए। उनले ४९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शंकरराज पाण्डेले ३८ र अनुपबहादुर मल्लले ११ मत ल्याए। जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ ५५ मतका साथ विजयी भए। अर्का उम्मेदवार दिनेश श्रेष्ठले ४८ मत ल्याए। जिल्ला नगरतर्फका सदस्य त्यस्तै कार्यकारिणी सदस्यमा जिल्ला नगर तर्फबाट उमेश डालमिया ८९,  सुरकृष्ण वैद्य ८५, राजन श्रेष्ठ ८१, मनिषलाल प्रधान ८०, कृष्णप्रसाद शर्मा ७७, दीपक लम्साल ७७, कृष्णप्रसाद श्रेष्ठ नेपालगन्ज ७७ र कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँची ७७ मत ल्याएर निर्वाचित भएका छन्। त्यस्तै ध्रुवराज श्रेष्ठ भारी ७३, राजेन्द्रकुमार श्रेष्ठ ७२, दिलसुन्दर श्रेष्ठ ७२, निरक केसी ७०, किशोरकुमार आचार्य ६७, सुरेन्द्रप्रसाद श्रेष्ठ ६७, चन्द्रकान्त अधिकारी ६४, राजकुमार न्यौपाने ६२, कल्याण जोशी ६०, मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै ५७ मत ल्याएका देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीमध्ये गोलाप्रथाबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ। वस्तुगततर्फका सदस्य वस्तुगततर्फको १४ जना कार्यकारी समिति सदस्यमा अञ्जन श्रेष्ठ सबैभन्दा धेरै ७३ मत ल्याएर विजयी भएका छन्। त्यस्तै सन्दीपकुमार अग्रवाल ७१, प्रकाशसिंह कार्की ६१, सकुन्तलाल हिराचन ६१, शिवप्रसाद घिमिरे ५९, आकाश अधिकारी ५६, विनोद ढकाल ५५, तुलसीराज गिरि ५३ मत ल्याएर विजयी भएका छन्। त्यस्तै कमला श्रेष्ठ ५२, जयप्रसाद शिवाकोटी ५२, सुरेन्द्रकुमार श्रेष्ठ ५१, तिलचन्द्र भट्टराई ५१, हेमराज ढकाल ५१ मत ल्याई महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका छन्। त्यस्तै समान ५० मत ल्याउने खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठमध्ये गोलाप्रथाबाट रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ विजयी भएका छन्। एसोसिएटतर्फका सदस्य त्यसैगरी एसोसिएट तर्फको १८ जना कार्यकारी समिति सदस्यमा ज्ञानेन्द्रलाल प्रधान ५९०, अशोककुमार तोदी ५४६, प्रबलजंग पाण्डे ५८६, गोपाल खनाल ५८७, सौरभ ज्योति ५८५, भरतराज आचार्य ५८४, विजयसिंह वैद्य ५४२, आनन्दकुमार बगरिया ५५१, साहिल अग्रवाल ५४८ मत ल्याएर विजयी भएका छन्। त्यस्तै रञ्जितराज आचार्य ५४६, सुनिलबहादुर श्रेष्ठ ५४८, अशोककुमार टेमानी ५४१, राजेशकुमार अग्रवाल ५३६, रामशरण थपलिया ५४९, ज्योत्सना श्रेष्ठ ५४६, कृष्ण दुलाल ४०७, मनिषकुमार अग्रवाल ४५८ मत ल्याएर विजयी भएका छन्। प्रदेशतर्फका सदस्य प्रदेशतर्फको कार्यकारिणी सदस्यमा १ नम्बर प्रदेशबाट रोहितप्रसाद प्रसाईं, २ बाट गणेशकुमार लाठ, ३ बाट कमलप्रसाद श्रेष्ठ, ४ बाट निर्माणकुमार श्रेष्ठ, ५ बाट भीमबहादुर थापा क्षेत्री, ६ बाट लंकमान रोका र ७ बाट प्रकाशबहादुर साउद निर्वाचित भएका छन्। प्रदेश नम्बर २, ३,५ र ७ का उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। संस्थापक सदस्य र द्वीराष्ट्रियबाट निर्विरोध त्यस्तै संस्थापक सदस्य समूहबाट केन्द्रीय सदस्यमा मोरङ ब्यापार संघका अविनाश बोहरा निर्विरोध निर्वाचित भएका छन्। द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल थाई उद्योग वाणिज्य सघका अजय मुडवरी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१